आर्च ब्रिज सञ्चालनमा आउने


चितवन, १३ जेठ । पृथ्वी राजमार्गको मुग्लिनस्थित इच्छाकामना र तनहुँको आँबुखैरहनी गाउँपालिका जोड्ने पुल (आर्च ब्रिज) यही असार पहिलो साताबाट सञ्चालनमा आउने भएको छ । 

पुलको रङगरोगनको काम र तनहुँतर्फ राजमार्गसँग जोड्नका लागि बाटो बनाउने काम बाँकी रहेको छ । सडक विभागको पुल योजना सेक्टर नम्बर २ का प्रमुख अङ्गलाल रोकायाका अनुसार रङ्गरोगनको काम केही दिनमा शुरु हुँदैछ । तनहुँतर्फ पुल भन्दा सडक दुई मिटर अग्लो भएकाले सडक गहिरो पारेर पुलमा जोड्नुपर्ने हुन्छ । जसका लागि यही जेठ १६ गतेबाट २५ गतेसम्म रातिमा सडक रोकेर काम गर्ने तयारी गरिएको उन्ले जानकारी दिएका छन् ।

करीब एक सय मिटर परसम्म सडक गहिरो बनाएर पुलसँग जोड्ने तयारी गरिएको छ । प्रमुख रोकायाले यी सबै काम सकेर असार पहिलो साताबाट पुल सञ्चालनमा ल्याउने तयारी गरिएको बताएका छन् । हाल सञ्चालनमा रहेको पुल जीर्ण बनेपछि विसं २०६९ फागुन २३ गते सो पुलको निर्माण थालिएको थियो । 

एलाइट एड्भेञ्चर लोहनी जेभिले रु १२ करोडमा बोलपत्र सकार गरी निर्माणको काम शुरु गरेको थियो । विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनीले नक्साङ्कन लगायतका विविध कारण देखाउँदै समय थप मागेको थियो । थपिएको समय यही जेठ मसान्तमा सकिँदै छ । १६० मिटर लामो सो पुलको आर्चको भाग १२० मिटर रहेको छ । सात दशमलब पाँच मिटरमा गाडी गुड्ने गरि बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ । 

पुल सम्पन्न भएपछि चिनियाँ प्राविधिक झिकाएर पुरानो पुल मर्मत गरी दुबै पुललाई प्रयोगमा ल्याइने योजना बनाइएको रोकायाले बताएका छन् । रासस

सडक विस्तार योजना प्रभावित

वीरगञ्ज, ७ असार  । बजेटको अभाव तथा ठेक्का लाग्न नसकेपछि वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तार गर्ने योजना अहिलेलाई नरहेको डिभिजन सडक कार्यालय

 भूकम्प असर: दशौँ वर्षसम्म परकम्पन आउन सक्ने 

चितवन । महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका

भूकम्प प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्रीको मुहारमा कहाँबाट आयो चमक

   काठमाडौं । विसं २०७२  मा यतिखेर देश शोकमग्न अवस्थामा थियो । कति मानिस ऐया र आत्था गर्दै पुरिएका संरचनाभित्र गुहार माग्दै थिए । कतिपय जीवनकै

नमूना शहर बनाउन डिपिआर शुरु

लमही, १० वैशाख । दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु भएको छ । शहरी विकास