मोदी  र इमरानले फोनमा कुराकानी गरे

नयाँदिल्ली । भारत र पाकिस्तानका शीर्ष नेताबीच फोनवार्ता भएको दुई देशका विदेश मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

गत फेब्रअरीमा आणविक शक्ति सम्पन्न परस्पर विरोधी दुई क्षेत्रीय मुलुकबीच भएको हवाई आक्रमण पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच फोनवार्ता भएको हो ।

फोनमा पाकिस्तानी प्रधानमन्त्री खानले हालै सम्पन्न लोकसभा निर्वाचनमा समकक्षी भारतीय नेता मोदीको भारतीय जनता पार्टी (भाजपा) र भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्सले पाएको सफलताका लागि खानले मोदीलाई वधाई दिभएको दुवै मुलुकले जारी गरेका छुट्टाछुट्टै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 पाकिस्तानी विदेश मन्त्रालयले दिएको जानकारीमा भनिएको छ, “दुई नेताबीचको कुराकानीका क्रममा खानले दुवै मुलुक र त्यहाँका जनताको हितका लागि दुई मुलुकबीच सँगसँगै मिलेर अघि बढ्ने इच्छा व्यक्त गर्नुभएको थियो ।”

दक्षिण एशियाको शान्ति, विकास र समृद्धिका लागि आफ्नो परिकल्पना दोहोराउँदै खानले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग उक्त उद्देश्यका लागि काम गर्न चाहेको बताएका छन् ।

“भारतीय प्रधानमन्त्री मोदीले हिंसा तथा आतङ्कवादरहित नेतृत्वमार्फत् यस क्षेत्रमा शान्ति, विकास र समृद्धिका लागि सहकार्य गर्न विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ,” भारतीय विदेश मन्त्रालयले भनेको छ ।

पाकिस्तानमा बसेर गतिविधि सञ्चालन गर्दै आएको एक लडाकू समूह (जैश–ए–मोहम्मद) ले दावी गरेको एक आक्रमणमा ४० जना भारतीय सैनिक अधिकारीको मृत्यु भएको घटनालाई लिएर दुई मुलुकबीच तनाव चर्किएको थियो । जसका कारण दुवै मुलुकबीच हवाई आक्रमण र प्रतिरोधमा उत्रिएका थिए ।

जैस–ए– मोहम्मद सन् २००१ देखि संयुक्त राष्ट्रसंघले आतङ्कवादी सूचीमा राख्दै आएको एक लडाकू समूह हो ।

मोदी र खानबीच पाकिस्तानी प्रधानमन्त्रीले निर्वाचनमा पाएको विजयसँगै मोदीले फोनमार्फत् वधाई ज्ञापन गरेको घटना नै सम्भवत दुई नेताबीचको पछिल्लो फोनवार्ता थियो ।

मोदी र उनको हिन्दु राष्ट्रवादी भाजपाले गत हप्ता भारी बहुमतका साथ भारतीय लोकसभामा विजय भएपछि सफलताका लागि वधाई दिन पाकिस्तानी प्रधानमन्त्रीले उनका भारतीय समकक्षी मोदीलाई टेलिफोन गरेका हुन्। रासस

यसरी कुटिए ‘लाइभ शो’मै पत्रकार (भिडियोसहित)

पाकिस्तानको एक टिभी च्यानलका पत्रकार 'लाइभ शो'मै कुटिएका छन् । 'के २१ न्युजमा न्युज लाइन विथ आफताब मुगेरी शो' मा सत्तारूढ दल पाकिस्तान

घुस लिएको पैसा फिर्ता गर्न मुख्यमन्त्रीको निर्देशन

भारत, ११ असार । पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले आफू मातहतका मन्त्रीहरूलाई सर्वसाधारणहरूले सरकारी सुविधा उपभोग गर्नका लागि घुस

 विश्वकै धनाढ्यका २४ भूउपग्रह एकैसाथ अन्तरिक्षमा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ ।  विश्वकै धनाढ्य एलन मस्कको

रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता

कजाखस्तान, १० असार । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान