नागढुङ्गा र लगनखेलमा पनि बम भेटियो

काठमाडौं । काठमाडौँको नागढुङ्गा र ललितपुरको लगनखेलमा बम फेला परेको छ ।  नागढुङ्गाको इँटाभट्टा नजीकै भएको बम विस्फोटमा दुई जना घाइते भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । घाइतेमध्ये एक जना बुद्ध लामा र अर्काको परीचय खुल्न बाँकी रहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए। लामाको ढाडमा चोट लागेकाले वीर अस्पताल लगिएको छ । अर्का घाइतेको शहीद मेमोयियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।  

   त्यस्तै लगनखेलको बसपार्क भित्र प्रेसर कुकरमा शंकास्पद वस्तु फेला परेको हो । स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको हो । सो वस्तु नेपाली सेनाको टोलीले विस्फोट गराएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अपिलकुमार बोहराले जानकारी दिए। रासस

एसइईकाे नतिजा आज दिउँसो

भक्तपुर, १२ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी  माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा अन्तिम चरणमा पुगेको छ । २०७५ चैत १० गतेदेखि

राजनीति नगर्ने घोषणा गर्दै एकीकरण भए तीन सङ्गठन

भद्रपुर, ११ असार । कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत सङ्गठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठन नबनाउने उद्घोषका साथ

भारतको धौलिगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह

बैतडी, ११ असार । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको  छ । एनएचपिसी लिमिटेड,

अवैध सट्टेबाज चितवनबाट पक्राउ

  चितवन, ११ असार । विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर