इंग्लिस खेलाडीको ‘बल टेम्परिङ’ बारे मोन्टीको ठुलो खुलासा

एजेन्सी । भारतीय मुलका इंग्ल्याण्ड पूर्व क्रिकेटर मोन्टी पनेसरले इंग्लिस खेलाडीको ‘बल टेम्परिङ’ बारे ठुलो खुलासा गरेका छन् ।

उनले आफ्नो पुस्तक ‘द फुल मोन्टी’ मा उल्लेख गर्दै इंग्लिस खेलाडीहरुको ‘बल टेम्परिङ’ कलाको बारेमा बताएको थाहा भएको छ ।

लेफ्ट आर्म स्पीनर मोन्टीले इंग्ल्याण्डको लागि सन् २००६ देखि २०१३ सम्म खेलेका थिए । सो बिचमा ५० वटा टेष्ट खेलेका उनले आफ्नो पुस्तकको अंश ‘डेली मेल’ मार्फत् सार्वजनिक गरेका छन् ।

उक्त अंशमा उल्लेख गरिअनुसार इंग्लिस खेलाडी जेम्स एन्डर्सन लगायतको खेलाडीहरुको लागि उनी लगायत अरु खेलाडीले बलको एउटा पाटोमा सनस्क्रीन क्रिम, मिन्ट चकलेट , थुक लगाउने गरेको उल्लेख गरेका छन् । त्यस्तै उनले आफ्नो शुरुवालको चेनमा पनि बल घोटेर बललाई ‘टेम्परिङ’ गर्ने गरेको खुलाएका छन् । यसरी बललाई बिगार्दै रिभर्स स्वीङ गराउन सक्दा तिब्र गतिका बलरलाई ठुलो फाइदा पुग्ने भएकाले बल बिगार्ने गरेको उनले स्वीकारेका छन् ।

क्रिकेटको नियममा थुक लगाउनु र खेलमा प्रयोग गरिएको लुगा प्रयोग गर्न छुट दिएको छ । तथापी मोन्टीले मिन्टको प्रयोग र चेनमा बल घोट्ने कार्यलाई कानून विपरित भन्न सकिने उल्लेख गरेका छन् । मिन्टको प्रयोगबारे भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नियम कडा रहेको छ ।

सन् २०१६ मा अष्ट्रेलिया विरुद्धको खेलमा दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसी मिन्टको प्रयोग गर्दै बल बिगारेको घटनामा दोषी साबित भएका थिए । त्यस्तै सन् २०१३ मा पनि पाकिस्तान विरुद्धको खेलमा पनि उनले शुरुवालको चेनले बललाई घोटेको घटना दोषी साबित भइ जरिवाना तिर्नु परेको थियो ।

उनको यो खुलासा आएलगत्तै सामाजिक संजालमा यसबारे बहस चलेको छ । उनको पुस्तक बाहिरिएसँगै थप खुलासा हुने विश्लेषण गरिएको छ ।
 

 

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

भीमदत्तनगर, ११ असार । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले

विश्वकपमा पाकिस्तानको यस्तो संयोग, उपाधि जित्ने दाबी

एजेन्सी । विश्वकप क्रिकेट २०१९ को सरगर्मी चलिरहेको छ । प्रतियोगितामा न्युजिल्याण्ड, भारत र अष्ट्रेलियाले बलियो प्रदर्शन गरिरहेका छन् । यी तीनै टोली

विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलिया

लन्डन, ११ असार । इंग्ल्यान्डमाथि ६४ रनको सहज जित हात पारेपछि अस्ट्रेलिया मंगलबार विश्वकप क्रिकेटको सेमिफाइनल पुगेको छ । सात खेलमा छैटौं जित हात

आन्द्रे रसेल घाइते, समस्यामा वेष्ट इन्डिज

एजेन्सी । वेष्ट इन्डिजका विस्फोटक ब्याटसम्यान आन्द्रे रसेल घाइते भएका छन् । घुँडाको चोटबाट ग्रसित उनी विश्वकप टोलीबाट बाहिरिएका छन् । रसेललाई