‘बोनम्यारो’पीडिललाई दुई लाख

‘बोनम्यारो’पीडिललाई दुई लाख
बनेपा, १२ जेठ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ महादेवटारका १५ वर्षीय ‘बोनम्यारो’पीडित राजु रखालमगरको उपचारका लागि देश÷विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकम उनका बुबा विष्णु रखालमगरलाई हस्तान्तरण गरिएको छ ।विगत दुई वर्षदेखि ‘बोनम्यारो’ले काम छोडेपछि उनले  काठमाडौँको सिभिल अस्पतालमा उपचार गराइरहेका छन् । उपचारकै क्रममा भएको रकम सबै सकिएपछि सहयोगका लागि उनका बुबा विष्णु रखालमगरको आग्रहमा स्थानीयवासीले सहयोग समिति गठन गरी रकम सङ्कलन अभियान शुरु गरेका थिए ।

बनेपाको शिक्षा सदन माध्यमिक विद्यालयमा अध्यनरत राजुको अवस्था देखेर आफूहरूले  देश विदेशमा हात फैलाउँदा“अमेरिकामा रहेका नेपालीबाट रू एक लाख दुई हजार ३५० सङ्कलन भएको र बाँकी रकम अन्य संस्थाबाट प्राप्त भएको सहयोग समितिका अध्यक्ष निरध्वज लामाले बताएका छन् ।छोरा बचाउनका लागि भएको जायजेथा र घरखेत बेचेर उपचार गर्दै आइरहेको बुबा विष्णुकोे भनाइ थियो । उपचारका क्रममा हालसम्म लाखाँै रकम खर्च भए पनि ‘बोनम्यारो’ नै प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि कसैको नमिलेको तर पछिल्लो पटक आफ्नै शरिर परीक्षण गर्दा आफ्नो ‘बोनम्यारो’ मिल्ने भएकाले यही जेठ १४ गते प्रत्यारोपण गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।

“जेठ १४ गते बोनम्यारो प्रत्यारोपण  गर्ने तयारी भइरहेको र खर्च धेरै लाग्ने भएकाले  पिर परिहेको अवस्थामा गरिएको सहयोगले आफ्ना लागि ठूलो राहत मिलेको छ”  विष्णुले  भने । प्रत्यारोपणका लागि लागि अझै रू १८ लाखसम्म खर्च लाग्ने सिभिल अस्पतालले जानाएको  जानकारी दिँदै उनले ‘बोनम्यारो’ त मिल्यो तर खर्च  अपुग भएकाले सहयोगीसँग अझै हात फैलाउनुपरेको छ भने । रासस

 अनुहारको चमक बढाउने सजिलो प्राकृतिक उपाय

-  सानो चम्चाको दुई चम्चा बेसन,एक चम्चा कागतीको रस,एक चम्चा बदाम वा नरिवलको तेल र एक चम्चा नौनी घ्यू एकै ठाउँमा राखी लेप तयार गर्ने । यो लेप तयार भएपछि

सुरक्षित गर्भपतनको ज्ञान नहुँदा अकालमा मृत्यु

काठमाडौँ, ९ असार । कानूनीरुपमा गर्भपतन निःशुल्करुपमा गरिने व्यवस्था भए पनि ग्रामीण भेगका धेरै महिलालाई त्यसबारे जानकारी भएको देखिदैन । सुरक्षित

डोल्पा अस्पतालमा औषधि अभाव

जाजरकोट, ८ असार । दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ । टाइफाइड जाँच गर्नका लागि

जथाभावी औषधि नबेच्न सुझाव

ताप्लेजुङ, ७ असार  । निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले