पाकिस्तानको जर्सीमा धोनीको नाम ?

एजेन्सी । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको समर्थकहरु विश्वमै रहेका छन् । तल्लो क्रममा ब्याटिङ गर्ने उनी आफ्नो फरक शैलीका कारण पनि क्रिकेट समर्थक माझ चर्चित छन् ।

उनले भारतीय क्रिकेटको लागि दिएको योगदान र उनको व्यक्तिगत कीर्तिमानका कारण भारतमा मात्र नभएर विश्वमै उनको प्रशंसक रहेका छन् ।

पछिल्लो समय भने धोनीका पाकिस्तानी समर्थकले गरेको कार्य अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । पाकिस्तानी नागरिक शहजाद उल हसनले पाकिस्तानले आउँदो विश्वकपमा प्रयोग गर्ने जर्सीमा धोनीको नम्बर र नाम लेखेर ट्वीटरमा साझा गरेसँगै उनको बारेमा चर्चा चल्न थालेको छ ।

उनी पाकिस्तानी नागरिक भएको र पाकिस्तानी क्रिकेट टोलीको ठुलो समर्थक रहेको बताइन्छ । यसबाहेक उनी भारतीय क्रिकेटर धोनीको पनि प्रशंसक रहेको र दुबैलाई उनले यस जर्सी मार्फत् समर्थन जनाएको बताइएको छ ।

विश्वकप आउन पाँच दिन बाँकि रहेको बेलामा यस सम्बन्धी अन्य समाचारको बिचमा यो पोष्टले सामाजिक संजालमा व्यापक चर्चा बटुलिरहेको छ । यस बारेमा धेरै नकारात्मक टिप्पणी पनि आइरहेको छ भने केहि सकारात्मक टिप्पणी पनि यस पोष्टले बटुलेको छ ।

विश्वकप क्रिकेटमा सँधैं चिर प्रतिद्वन्दी रहेका भारत र पाकिस्तानले इंग्ल्याण्डमा हुने विश्कपमा पुनः भिड्ने तालिका रहेको छ । आगामी जुन १६ मा लिग चरणको खेलमा यि दुई टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

 

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

भीमदत्तनगर, ११ असार । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले

विश्वकपमा पाकिस्तानको यस्तो संयोग, उपाधि जित्ने दाबी

एजेन्सी । विश्वकप क्रिकेट २०१९ को सरगर्मी चलिरहेको छ । प्रतियोगितामा न्युजिल्याण्ड, भारत र अष्ट्रेलियाले बलियो प्रदर्शन गरिरहेका छन् । यी तीनै टोली

विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलिया

लन्डन, ११ असार । इंग्ल्यान्डमाथि ६४ रनको सहज जित हात पारेपछि अस्ट्रेलिया मंगलबार विश्वकप क्रिकेटको सेमिफाइनल पुगेको छ । सात खेलमा छैटौं जित हात

आन्द्रे रसेल घाइते, समस्यामा वेष्ट इन्डिज

एजेन्सी । वेष्ट इन्डिजका विस्फोटक ब्याटसम्यान आन्द्रे रसेल घाइते भएका छन् । घुँडाको चोटबाट ग्रसित उनी विश्वकप टोलीबाट बाहिरिएका छन् । रसेललाई