सिकलसेल एनिमियाको औषधि अभाव

लमही, १२ जेठ । दाङमा सिकलसेल एनिमियाको औषधि अभाव भएको छ । औषधि नहुँदा बिरामी मारमा परेका छन् । विगत ५/६ महीनादेखि आफूहरूले औषधि नपाएको दाङ तुलसीपुरका सिकलसेल एनिमियापीडित जीतबहादुर चौधरीले बताएका छन् । “५/६ महीना भयो, हामीले औषधि पाएका छैनौँ”, उनले भने, “अहिले दाङमा औषधि नपाउँदा भारत जानुपर्ने बाध्यता रहेको छ ।” 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिकलसेल एनिमियाका बिरामीलाई रु एक लाख बराबरको निःशुल्क औषधि वितरण गर्ने भनी सरकारले तोकेको छ । तर लामो समयदेखि औषधि नपाउँदा अहिले धेरै बिरामीले औषधि नखाएरै दिन कटाइरहेका छन् । औषधि दैनिक खानुपर्ने भए पनि औषधि नपाएपछि एक महीनादेखि औषधि नखाएर दिन कटाएको सिकलसेल एनिमियापीडित तुलसीपुर–११ मोतीपुर निवासी रुपा चौधरीले बताएकि हुन् । “एक महीना भयो, औषधि नपाएको”, उनले भनिन्, “अहिले औषधि नखाएरै दिन कटाइरहेकी छु ।” 

औषधि नखाँदा हातखुट्टाका जोर्नी दुख्ने, शरीर दुख्ने हुँदा कुनै पनि काम गर्न नसकिने उनको भनाइ थियो । अहिले आफूले ‘फोलिकएसिड’ नियमित खाइरहेको भए पनि ‘हाइड्रिया’ औषधि खान नपाएको बताइन्। अहिले दाङ र नेपालगञ्जमा औषधि नपाइने भएपछि भारतको रुपैडिहाबाट औषधि ल्याएर खाने गरेको सिकलसेलपीडित तुलसीपुर–११ निवासी शरद चौधरीले बताएका छन् । “औषधिकै लागि दाङ र नेपालगञ्ज गएँ”, उनले भने, “दुवै ठाउँमा औषधि छैन, रुपैडिहा जानुपर्छ भनेर चिकित्सकले भने, अनि त्यही गएर औषधि ल्याएर खाने गरेको छु ।” 

 दाङमा ‘फोलिकएसिड’ भए पनि ‘हाइड्रिया’ नामक औषधि अभाव रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी चित्रकला अधिकारीले बताइन्। “सिकलसेल एनिमिया रोगीले दुई औषधि खानुपर्छ”, उनले भनिन्, “अहिले फोलिकएसिड नामक छ, तर हाइड्रिया नामक औषधि छैन ।” 

अहिलेसम्म दाङमा १३५ जनाले नियमित औषधि लिइरहेको भए पनि औषधि अभावमा ती बिरामी प्रभावित भएको उनको भनाइ छ । प्रतिष्ठानमा नेपालगञ्जबाट सिकलसेल एनिमियाको औषधि आउने भए पनि पछिल्लो समय औषधि नेपालगञ्जमा नै अभाव भएपछि दाङले पनि अभाव खेप्नुपरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताएका छन् । 
 दाङमा नियमित १३५ ले सिकलसेल एनिमियाको औषधि खाइरहेको भए पनि रोगीको यकिन पहिचान हुन नसकेको थारू स्वास्थ्यकर्मी समाज दाङका अध्यक्ष जीवराज चौधरीले बताए । “सबै थारू समुदायका व्यक्तिले सिकलसेल एनिमियाको परीक्षण गराएका छैनन्”, उनले भने, “यसले गर्दा पनि अझै सबै व्यक्तिको यो रोग पहिचान हुनसकेको छैन ।”
 
यसका लागि दाङमा पनि सिकलसेल एनिमियाको जाँचका लागि परीक्षण गर्ने मेसिन भित्र्याउनुपर्ने उनको भनाइ छ । अहिले सिकलसेल एनिमिया जाँच गर्नका लागि नेपालगञ्ज, काठमाडौँलगायतका स्थानमा जानुपर्ने बाध्यता रहेको भन्दै यो सेवा दाङमै उपलब्ध गराएर जिल्लाभरका थारू समुदायको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएका छन् । दाङमा एक लाख ३७ हजार थारू समुदायको जनसङ्ख्या भएको भन्दै यसको १५ प्रतिशतमा सिकलसेल भएको हुनसक्ने यसअघिको अध्ययनले देखाएको थियो । 
रोगीको पहिचानका लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मेसिन ल्याउने गरी आगामी आर्थिक वर्षको नीति बनाउने तुलसीपुर उपमहानगरपालिकाका प्रमखु घनश्याम पाण्डेले बताएका छन् । साथै औषधि वितरणमा सहजता ल्याउनका लागि प्रदेश सरकारसँग समेत समन्वय भएको बताए । यो रोग रगतको कमीले लाग्ने वंशानुगत रोग हो । प्रायः यो रोग थारू समुदायलाई लाग्ने गरेको छ । रासस

 अनुहारको चमक बढाउने सजिलो प्राकृतिक उपाय

-  सानो चम्चाको दुई चम्चा बेसन,एक चम्चा कागतीको रस,एक चम्चा बदाम वा नरिवलको तेल र एक चम्चा नौनी घ्यू एकै ठाउँमा राखी लेप तयार गर्ने । यो लेप तयार भएपछि

सुरक्षित गर्भपतनको ज्ञान नहुँदा अकालमा मृत्यु

काठमाडौँ, ९ असार । कानूनीरुपमा गर्भपतन निःशुल्करुपमा गरिने व्यवस्था भए पनि ग्रामीण भेगका धेरै महिलालाई त्यसबारे जानकारी भएको देखिदैन । सुरक्षित

डोल्पा अस्पतालमा औषधि अभाव

जाजरकोट, ८ असार । दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ । टाइफाइड जाँच गर्नका लागि

जथाभावी औषधि नबेच्न सुझाव

ताप्लेजुङ, ७ असार  । निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले