बार्सालाई स्तब्ध पार्दै भ्यालेन्सिया बन्यो ‘कोपा डेल रे’ च्याम्पियन

एजेन्सी । च्याम्पियन्स लिगको उपाधि जित्न चुकेको बार्सिलोनाले कोपा डल रे को ट्रफी जित्ने मौका पनि गुमाएको छ ।

शनिबार राती भएको खेलमा बलियो बार्सिलोनालाई २–१ ले हराउँदै भ्यालेन्सिया च्याम्पियन बन्न सफल भयो । बार्सालाई हराउन भ्यालेन्सियाका केभिन गेमिरो र राड्रिगोले गोल गरेका छन् । बार्साको लागि लियोनल मेस्सीको एक गोल उपाधि जिताउन पर्याप्त रहेन ।

शुरुवात देखिनै चुस्त देखिएको भ्यालेन्सियाले पहिलो हाफमै दुई गोल गर्न सफल रह्यो । खेलको २१ औं मिनेटमा केभिन गेमिरोले जोसे गायाको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

त्यसको १२ मिनेट पश्चाद कार्लोस सोलेरको पासमा रोड्रिगोले गोल गरेपछि बार्सिलोना खेलमा पछि परेको थियो । दुई गोलको अग्रताका बावजुद आक्रामक खेल खेलको भ्यालेन्सियाले गोल थप्न भने सकेन ।

यसको विपरित खेलको ७३ औं मिनेटमा मेस्सीले गोल गर्दै भ्यालेन्सियालाई दबावमा ल्याएका थिए । बाँकि समयमा दुबै टोलीले गोल गर्न नसकेपछि अन्ततः भ्यालेन्सिया विजयी भयो ।

भ्यालेन्सियाले ११ वर्षपछि कोपा डेल रे को उपाधि उचाल्न सकेको छ । यसअघि सन् २००८ मा उपाधि जितेको भ्यालेन्सियाले कुल आठौं पटक यस प्रतियोगिताको उपाधि जित्न सकेको छ ।

 

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

भीमदत्तनगर, ११ असार । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले

विश्वकपमा पाकिस्तानको यस्तो संयोग, उपाधि जित्ने दाबी

एजेन्सी । विश्वकप क्रिकेट २०१९ को सरगर्मी चलिरहेको छ । प्रतियोगितामा न्युजिल्याण्ड, भारत र अष्ट्रेलियाले बलियो प्रदर्शन गरिरहेका छन् । यी तीनै टोली

विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलिया

लन्डन, ११ असार । इंग्ल्यान्डमाथि ६४ रनको सहज जित हात पारेपछि अस्ट्रेलिया मंगलबार विश्वकप क्रिकेटको सेमिफाइनल पुगेको छ । सात खेलमा छैटौं जित हात

आन्द्रे रसेल घाइते, समस्यामा वेष्ट इन्डिज

एजेन्सी । वेष्ट इन्डिजका विस्फोटक ब्याटसम्यान आन्द्रे रसेल घाइते भएका छन् । घुँडाको चोटबाट ग्रसित उनी विश्वकप टोलीबाट बाहिरिएका छन् । रसेललाई