पत्रकार महर्जनको सगरमाथा आरोहणको कीर्तिमान

काठमाडौं । महिला पत्रकार कल्पना महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी मोहोडाबाट २३ मे २०१९ (२०७६ जेठ ९ गते बिहीबार) बिहान १० बजेर २० मिनेटमा सफल आरोहण गरेकी छिन् ।

 उनले नेपालतर्फ रहेको दक्षिण मोहोडाबाट गतवर्ष सगरमाथाको सफल आरोहण गरेकी थिईन् ।

 उत्तरतर्फको मोहोडाबाट सफल आरोहण गरेसँगै दुवै मोहोडाबाट सगरमाथा शिखर चुम्ने विश्वकै पहिलो महिला पत्रकारको कीर्तिमानी राख्न महर्जन सफल भएकी छिन् ।

    शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान–२०१९ को नारासहित पत्रकार महर्जनले चीनको ल्हासातर्फबाट २०७५ चैत २८ गते आरोहण प्रारम्भ गर्नु भएको र ४३औँ दिनमा सगरमाथाको दोस्रो पटक सफलतापूर्वक चुम्न सफल भएको एक्पेरियन्स आउटडोर्स नेपाल प्रालिका प्रबन्ध निर्देशक रवीन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 राससका अनुसार, ललितपुर महानगरपालिका स्थापनाको १००औँ वर्षगाँठ र वाङ्मय शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको १००औँ जन्मोत्सवको अवसर पारी आरोही महर्जनले ललितपुर महानगरपालिकाको नाम, लोगो र जोशीको तस्वीरअङ्कित झण्डा सगरमाथाको शिखरमा फहराउन सफल भएकी छिन् ।

 पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध

चितवन । माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म

मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुईको मृत्यु

भरतपुर । बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ । साँझ ६ बजे ना५३प ५२४७ नंको

एसइईकाे नतिजा आज दिउँसो

भक्तपुर, १२ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी  माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा अन्तिम चरणमा पुगेको छ । २०७५ चैत १० गतेदेखि

राजनीति नगर्ने घोषणा गर्दै एकीकरण भए तीन सङ्गठन

भद्रपुर, ११ असार । कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत सङ्गठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठन नबनाउने उद्घोषका साथ