मोदी संसदीय दलको नेतामा सर्वसम्मत  

नयाँ दिल्ली । भारतीय जनता पाटी (भाजपा) तथा भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्सको संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई सर्वसम्मत रूपमा चुनिएको भाजपा अध्यक्ष अमित शाहले बताए ।

भारतीय लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले प्रचण्ड बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपतिलाई भेट गरी राजिनामाको प्रस्ताव गर्दै नयाँ प्रधानमन्त्री चयनका लागि मार्ग प्रशस्त गरेका थिए। भारतीय संसदीय परम्परा अनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइने भएकाले निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता चयन गरिएको हो ।

भाजपा नेता मोदीलाई भाजपाको संसदीय दलको नेताका रूपमा प्रस्ताव भाजपा अध्यक्ष अमित शाहले प्रस्ताव गरेका थिए भने नेता राजनाथ सिंहले प्रस्तावलाई भाजपा संसदीय दलको तर्फबाट समर्थन गरेका थिए । 

भाजपा नेता सिंहद्वारा मोदीको नाम भाजपा तथा एनडीएको संसदीय दलको नेताका रूपमा सर्वसम्मत चयन भएको घोषणा गरेको एनडीएका नेताले जानकारी दिए।

अप्रिल ११ देखि मे १९ सम्म गरी विभिन्न सात चरणमा लोकसभाको ५४२ सीटका लागि भएको निर्वाचनमा नरेन्द्र मोदीको दल भाजपा एक्लैले ३०३ सीट प्राप्त गरेको भारतीय निर्वाचन आयोगले जानकारी गराएको  छ । संसदमा बहुमत पुग्नका लागि २७२ सीटको आवश्यकता हुन्छ भने यो सदस्य सङ्ख्या भाजपाका लागि दुई तिहाई पुग्नका लागि नौँ सीट कमी हो ।

त्यस्तै भाजपाको नेतृत्पमा रहेको गठबन्धन एनडीएको लोकसभामा जम्मा ३५० सीट पुगेको छ ।

त्यसैगरी लोकसभामा दोस्रो ठूलो दल भारतीय नेशनल कङ्गे्रस (कङ्ग्रेस–आई) ले ५२ सीट ल्याएको छ भने उसको गठबन्धन यूनाइटेड प्रोग्रेसिभ अलाएन्स (यूपीए) ले ८५ स्थानमा विजय हाँसिल गरेको छ भने अन्य दल तथा स्वतन्त्रले गरी १०७ सीट ल्याएका छन्  ।

एएनआईका अनुसार, निर्वाचन आयोगका तर्फबाट निर्वाचन परिणामको औपचारिक जानकारी शनिबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई भेटी प्रमुख निर्वाचन आयुक्त सुनिद अरोराले गराएका छन् ।

यसरी कुटिए ‘लाइभ शो’मै पत्रकार (भिडियोसहित)

पाकिस्तानको एक टिभी च्यानलका पत्रकार 'लाइभ शो'मै कुटिएका छन् । 'के २१ न्युजमा न्युज लाइन विथ आफताब मुगेरी शो' मा सत्तारूढ दल पाकिस्तान

घुस लिएको पैसा फिर्ता गर्न मुख्यमन्त्रीको निर्देशन

भारत, ११ असार । पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले आफू मातहतका मन्त्रीहरूलाई सर्वसाधारणहरूले सरकारी सुविधा उपभोग गर्नका लागि घुस

 विश्वकै धनाढ्यका २४ भूउपग्रह एकैसाथ अन्तरिक्षमा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ ।  विश्वकै धनाढ्य एलन मस्कको

रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता

कजाखस्तान, १० असार । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान