ब्लास्ट रोगका कारण धानखेती सखाप

भद्रपुर, १० जेठ । झापाको कमल गाउँपालिका–२ समयगढमा पाक्न लागेको धानको बोटमा ‘नेक ब्लास्ट’ नामक रोग देखापरेको छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराईले ३० हेक्टरमा लगाइएको धानको बोटमा केही दिनयता देखापरेको सो रोगले धानखेती सखाप भएको छ भने थप ६० हेक्टर धान खेतीतिर रोग सर्दै गएको छ । रोग देखापरेको खबर आउनासाथ कृषि ज्ञान केन्द्र झापाले प्राविधिक टोली त्यसतर्फ पठाइसकेको र गाउँपालिकाको स्थानीय कृषि विकास शाखासँग मिलेर रोग नियन्त्रणका लागि ‘कासुगामाइसिन’ नामक विषादी छर्कने कार्य आज बिहानदेखि धमाधम भइरहेको भट्टराईले बताएका छन् ।

स्थानीय किसानहरुले लगाएको ‘हर्दिनाथ १’ जातको धानको बोटमा बाला झुल्न थालेका बेला रोगको प्रकोप देखापरेको हो । प्रतिबिगाहा सय मनसम्म फल्ने सो धानमा रोग लागेपछि किसानहरुले ठूलो क्षति व्यहोर्नु परेको छ । स्थानीय किसान लीलाकुमार श्रेष्ठले आफूले १० बिगाहामा लगाएको धान खेती रोगको प्रकोपले हेर्दाहेर्दै परालमा परिणत भइसकेको बताए । सो रोग लागेको केही दिनमै हरियो बोट कुहिएर सुक्ने गर्दछ । रासस

प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएन : बजेट फ्रिज हुने अवस्थामा

कास्की, १० असार । पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम

शेयर बजार बढ्यो

काठमाडौँ, ९ असार । आइतबार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक

वर्षाले कर्णालीमा रोपाइँको सुरसार

सुर्खेत, ८ असार । ब्याड राख्ने र रोपाइँ गर्ने प्रतिक्षामा रहेका किसान वर्षात् हुँदा खुशी भएका छन् । लामो खडेरीका कारण रोपाइँको सुरसार गर्न नपाएका

माटो परीक्षण शिविर शुरु

डोटी, ८ असार  । डडेल्धुरास्थित डिभिजन कृषि ज्ञान केन्द्रको पहलमा यहाँको  कृषि ज्ञान केन्द्रले शिखर नगरपालिकामा निःशुल्क माटो परीक्षण शिविर