बेलायती प्रम थेरेसा मे द्वारा पार्टी अध्यक्ष पदबाट राजिनामा 

एजेन्सी । बेलायती प्रधानमन्त्री थेरेसा मे ले आगामी जुन ७ बाट लागु हुने गरी कन्जर्भेटीभ पार्टीबाट राजिनामा दिएकी छिन् । 

बेलायतलाई युरोपियन युनियनबाट छुटाउने ‘बे्रक्जीट डिल’ मा आफ्नै पार्टीका विधायकहरुलाई मनाउन असफल भएकी उनलाई पदबाट राजिनामा दिन पार्टीबाटै दबाव आएको थाहा भएको छ । 

पछिल्लो तीन वर्षदेखी पार्टीको नेतृत्वमा रहेको पार्टी अध्यक्षको कार्यकाल यहि घोषणासँगै सकिएको छ । 

मे ले बेलायतलाई युरोपियन युनिएनबाट छुटाउने एजेन्डासहित चुनाव जितेको र उनले सोही कामको लागि लामो प्रयास गरेकी थिइन् । यो प्रक्रियाको बेलायत भित्रै व्यापक विरोध भएपछि आफ्नै पार्टीले पनि उनको साथ छोडेको थियो ।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मैले ‘बे्रक्जीट डिल’ सफल गराउन नसकेकोमा म अहिले पनि दुखी छु र यस कुराले मलाई सधैं दुखी बनाउनेछ । ’


 

यसरी कुटिए ‘लाइभ शो’मै पत्रकार (भिडियोसहित)

पाकिस्तानको एक टिभी च्यानलका पत्रकार 'लाइभ शो'मै कुटिएका छन् । 'के २१ न्युजमा न्युज लाइन विथ आफताब मुगेरी शो' मा सत्तारूढ दल पाकिस्तान

घुस लिएको पैसा फिर्ता गर्न मुख्यमन्त्रीको निर्देशन

भारत, ११ असार । पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले आफू मातहतका मन्त्रीहरूलाई सर्वसाधारणहरूले सरकारी सुविधा उपभोग गर्नका लागि घुस

 विश्वकै धनाढ्यका २४ भूउपग्रह एकैसाथ अन्तरिक्षमा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ ।  विश्वकै धनाढ्य एलन मस्कको

रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता

कजाखस्तान, १० असार । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान