बसपार्क नहुँदा समस्या


रुकुमपूर्व, १० जेठ । सडक र बजारको छेउछाउमा टिकट काउन्टर खोलिएको छ । साँघुरो सडक त्यसैमाथि सवारी साधनको चाप बढी छ । जिल्लाको सदरमुकामस्थित रुकुमकोटमा  पार्किङको व्यवस्था नहँुदा व्यवसायीलाई मात्र होइन सर्वसाधारणलाई पनि अप्ठ्यारो पर्न गएको छ । पार्किङ नभएपछि सडक र बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ भइरहेका छन् । 

जिल्लामा विस्तारै नयाँ बस थपिँदै छन् तर ती बस पार्किङका लागि जिल्लामा एउटा पनि बसपार्क छैन । जिल्ला टुक्रिएपछि प्रस्ताव गरिएको नयाँ सदरमुकाम रुकुमकोटमा मान्छेको चहलपहल बढ्दै गइरहेको छ । धमाधम नयाँ संरचना बन्न थालेका छन् । बजार र सडक छेउछाउमा निर्माण सामग्री थुपारिएका छन् । जसले गर्दा पार्किङमा झन थप समस्या पर्न गएको हो । 

बसपार्क नहुँदा सडक दायाँबायाँ, होटल, स्थानीयका घर अगाडि सवारी साधन पार्किङ हँुदै आएका छन् । घर अगाडि र सडक छेवैमा गाडी पार्किङ गराउँदा दुर्घटना हुने सम्भावना बढी हुन्छ । बजारमा भएको अव्यवस्थित गाडी पार्किङले ग्राहक पसलसम्म पुग्न नसकेको छिप्रीदह बजारवासी बताउँछन् । “बजार र बाटोघाटोमै गाडी पार्किङ गराउँदा कहिँलेकाहीँ त मान्छे आवतजावत गर्ने ठाउँ नै हुँदैन ।” स्थानीय भन्छन्, “अव्यवस्थित गाडी पार्किङले बजारमा फोहर बढ्दै गएको छ ।” मुख्य बजार केन्द्र छिप्रीदह, चोक बजार, कमल दहमा फोहर बढ्दै जाँदा सदरमुकाम दुर्गन्धित बन्दै गएको छ । 

व्यवस्थित बसपार्क नहुँदा व्यवसायी समस्यामा परेको पूर्वी रुकुम यातायात समितिका सदस्य सनम गौतम (झक्कु) ले बताएका हुन् । रुकुमकोटमा बसपार्क छिटै निर्माण गरिने सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताएकी हुन् । उनका अनुसार बसपार्कको लागि जग्गा छनोट गरी काम शुरु पनि गरिएको थियो । तर, त्यस जग्गामा विवाद देखिएपछि फेरि अर्को ठाउँमा उपयुक्त जग्गा छनोटको काम भइरहेको छ । 
खेलकूदमा न लगानी न पूर्वाधार
कमजोर भौतिक पूर्वाधार र लगानीको अभावले रुकुमपूर्वको खेलकूद क्षेत्रले फड्को मार्न सकेको छैन । नियमितरुपमा जिल्लामा कुनै प्रकारका ठूला खेलकूद प्रतियोगिता नहुनु, नियमित प्रशिक्षण नहुनुले नयाँ खेलाडी उत्पादन हुने र खेल्ने अवसरबाट समेत वञ्चित हुनुपरेको छ । जिल्लाको खेलकूद भलिबल र फुटबलमै सीमित रहेको छ । 
सानो चौर नेट र बल भयो भने सजिलै खेल्न सकिने भलिबल रुकुमपूर्वमा धेरै पहिलेदेखि खेलिँदै आएको छ । पछिल्लो केही वर्षयता जिल्लामा वार्षिकरुपमा रुकुम कप फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । फुटबलको लहर बढे पनि भलिबलको लोकप्रियतामा कमी भने आएको छैन । स्रोत साधनको अभावमा भलिबलले पनि फड्को मार्न सकेको छैन । विद्यालय र क्लबले आयोजना गर्ने प्रतियोगिताले जिल्लाको भलिबल धानेको छ । क्रिकेट, कबड्डी, टेबलटेनिस, ब्याडमिन्टन, एथ्लेटिक्सलगायतका खेलकूद सञ्चालन नहुँदा यी खेलका खेलाडी जिल्लामा प्रायः शून्य छन् । 
देश सङ्घयतामा गएसँगै रुकुम जिल्ला टुक्रिएर दुई वटा जिल्ला बनिसकेपछि रुकुमपूर्वमा खेलकूद विकास समिति गठन गरी सबै काम शून्यबाट शुरु गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष हरिबहादुर थापाले बताएका छन् । 
जिल्ला खेलकूद विकास समितिसँग पर्याप्त बजेट र गाउँसम्म लुकेका प्रतिभा खोज्नसक्ने स्थिति नभएको जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष नामेन्द्र सुनारले बताए । उनका अनुसार पूर्वाधार अभावले खेलकूद विकास समिति पनि भाडाको घरमा रहेको छ । प्रतिभावान् खेलाडी छनोट गर्नसके मात्रै लुकेका प्रतिभा बाहिर आउनसक्ने एकपटक राष्ट्रिय खेल खेलिसकेका एथ्लेटिक्स खेलाडी प्रकाश बस्नेतले बताएका हुन् । रासस

राजनीति नगर्ने घोषणा गर्दै एकीकरण भए तीन सङ्गठन

भद्रपुर, ११ असार । कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत सङ्गठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठन नबनाउने उद्घोषका साथ

भारतको धौलिगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह

बैतडी, ११ असार । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको  छ । एनएचपिसी लिमिटेड,

अवैध सट्टेबाज चितवनबाट पक्राउ

  चितवन, ११ असार । विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर

बलात्कार आरोपितलाई ६ वर्ष कैद

सप्तरी, ११ असार । बालिका बलात्कार गरेको आरोपमा सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मानराजाका १८ वर्षीय घुरनकुमार यादवलाई सप्तरी जिल्ला अदालतले हिजो