करोडौं नक्कली भारु सहित युनुस अन्सारी गिरफ्तार


काठमाडौँ । नेशनल टेलिभिजनका सञ्चालक युनुुस अन्सारी करोडौँ नक्कली भारतीय रूपैयाँसहित पक्राउ परेका छन् । करोडौं नक्कली भारतीय रूपैयाँ लिएर काठमाडौं आएको समूहलाई लिन गएका अन्सारी सहित चारजनाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । भन्सार जाँच गर्ने क्रममा नक्कली रकम सहित उनीहरु समातिएका थाहा भएको छ । 

विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले नक्कली नोट बरामद भएको जानकारी दिएका छन् । त्यस्तै विमानस्थलका प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीले जनाएअनुसार नोटसहित पक्राउ पर्नेमा युनुस अन्सारी, नसरुद्दिन अन्सारीसहित ४ जना रहेका छन् । पाकिस्तान हुँदै चारवटा सुटकेशमा ल्याएको नक्कली भारतीय रूपैयाँ विमानस्थल प्रहरीले बरामद गरेको हो । पाकिस्तानबाट दोहा हुँदै कतार एयरवेजबाट सो नक्कली भारु काठमाडौं आएको विमानस्थल प्रहरीको भनाई छ ।

  यस अघि प्रहरीको विशेष ब्युरोले युनुसलाई ११ माघ ०७० मा ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो । पूर्व मन्त्री सलीममिया अन्सारीका छोरा उनी नेशनल टेलिभिजनका सञ्चाल थिए । उनी जेल परेपश्चात टेलिभिजन बन्द भएको थियो । अन्सारीमाथि सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामै रहेका बेला भारतीय नागरिक जसजीत सिंहले गोली हानेका थिए ।
 

एसइईकाे नतिजा आज दिउँसो

भक्तपुर, १२ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी  माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा अन्तिम चरणमा पुगेको छ । २०७५ चैत १० गतेदेखि

राजनीति नगर्ने घोषणा गर्दै एकीकरण भए तीन सङ्गठन

भद्रपुर, ११ असार । कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत सङ्गठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठन नबनाउने उद्घोषका साथ

भारतको धौलिगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह

बैतडी, ११ असार । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको  छ । एनएचपिसी लिमिटेड,

अवैध सट्टेबाज चितवनबाट पक्राउ

  चितवन, ११ असार । विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर