गान्धी हराउने इरानीको सामाजिक संजालमा चर्चा

एजेन्सी । भारतीय लोकसभा चुनावमा काँग्रेस आईका अध्यक्ष राहुल गान्धीलाई चुनावमा हराउन सफल भएकी नेतृ स्मृती इरानीको सामाजिक संजालमा चर्चा चुलिएको छ ।

पछिल्लो दुई निर्वाचनमा राहुलसँग पराजित हुँदै आएकी टेलिभिजन सिरियल ‘क्योंकि सास भि कभी बहू थी’ कि तुलसी अर्थात् स्मृती इरानीले तेश्रो पटकमा गान्धीको किल्लामा आफ्नो विजय पताका फहराएसँगै उनी चर्चित बनेकी हुन् । भारतीय जनता पार्टी (भाजपा) की नेतृ उनले ४० हजार मत अन्तरले राहुललाई हराएसँगै सांसद बन्न सफल भएकी छिन् । उनको विजयले सामाजिक संजाल तातिएको छ ।

भारतको अमेठी क्षेत्रमा गान्धीलाई हराएकी उनी ट्वीटर ट्रेन्डिङको शिर्ष १० भित्र परेकी छिन् ।

यसरी ट्रेन्डिङमा परेकी उनको बारेमा सिरियल निर्माता एकता कपूर देखि लिएर बलिउड हस्तीहरुले पनि ट्वीट गरेका थिए । जितको लागि बधाइ दिएकी एकताले ‘क्योंकि सास भि कभी बहू थी’ को गीतको लाइनलाई लेख्दै, ‘रिश्तो के भी रुप बदलते हे, नये नये सोचमे ढलते हे, एक पिढी आती हे एक पिढी जाती हे...बनती कहानी नई’ भन्दै स्मृतीको राजनैतीक उदयको लागि बधाइ दिएकी छिन् ।

त्यस्तै एकताका पिता जितेन्द्र कपूरले पनि स्मृतीलाई बधाई दिएका छन् । सामाजिक संजालमा स्मृतीको जित तथा राहुलको हारलाई लिएर थुप्रै ट्रोल र मीम पनि बनाइएको छ ।

त्यस्तै बलिउडका पूर्व नायक बिवेक ओबरोयले पनि स्मृतीको विजय पश्चात ट्वीटरबाट बधाइ दिएका छन् । उनले स्मृतीको यस ठुलो विजयलाई ‘ट्वीटर मोमेन्ट’ बनाएका छन् । उनले अमेठी क्षेत्रमा अब न्याय हुन् भनेर पनि लेखेका छन् ।

त्यस्तै राहुलले वायनाड क्षेत्रमा पनि चुनाव लड्नुको कारण अमेठीमा हार हुने निश्चीत भएको भन्दै केहिले ट्वीट गरेका छन् ।

काँग्रेस आईका अध्यक्ष तथा प्रधानमन्त्रीका प्रत्यासी रहेका राहुललाई हराएको कारण उनको जितलाई विशेष मानिएको बताइन्छ । सोहीकारण पनि भाजपा समर्थकले ट्वीटरमा यस विजयलाई तामझाम साथ मनाएको विश्लेषण गरिएको छ ।  

 

यसरी कुटिए ‘लाइभ शो’मै पत्रकार (भिडियोसहित)

पाकिस्तानको एक टिभी च्यानलका पत्रकार 'लाइभ शो'मै कुटिएका छन् । 'के २१ न्युजमा न्युज लाइन विथ आफताब मुगेरी शो' मा सत्तारूढ दल पाकिस्तान

घुस लिएको पैसा फिर्ता गर्न मुख्यमन्त्रीको निर्देशन

भारत, ११ असार । पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले आफू मातहतका मन्त्रीहरूलाई सर्वसाधारणहरूले सरकारी सुविधा उपभोग गर्नका लागि घुस

 विश्वकै धनाढ्यका २४ भूउपग्रह एकैसाथ अन्तरिक्षमा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ ।  विश्वकै धनाढ्य एलन मस्कको

रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता

कजाखस्तान, १० असार । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान