घरभाडा आकाशिंदा गूगलका कर्मचारीलाई संकट

एजेन्सी । लामोदुरीको यात्रा गर्नेहरुको लागि गाडीको प्रयोग गर्नु सामान्य नै हो । सहज यात्राको लागि निजी सवारी राख्ने धेरैको रहर र बाध्यता हुने गरेको छ । अमेरिकाको माउन्टेन भ्यू क्षेत्रमा रहेको एक ठुलो कम्पनीमा काम गर्ने कर्मचारीहरु भने गाडीको प्रयोग घरको रुपमा पनि गरिरहेका छन् ।

यात्रामा प्रयोग हुने साधनलाई घरको रुपमा प्रयोग गर्न बाध्य रहने कर्मचारीहरु संसारकै चौथो ठुलो कम्पनी अल्फाबेटमा काम गर्ने गरेको थाहा भएको छ ।
त्यस क्षेत्रका घरहरुमा भएको अत्याधिक मूल्य वृद्धिको कारण ति कर्मचारीहरु गाडीलाई नै घरको रुपमा प्रयोग गर्न बाध्य भएको बताइन्छ । अल्फाबेट कम्पनी गूगल कम्पनीको प्यारेन्ट कम्पनी हो ।

माउन्टेन भ्यू क्षेत्रमा घरभाडा औसतमा ४ हजार २ सय डलर रहेको बताइन्छ । सोही कारण पनि १० हजार डलर भन्दा कम तलब हुने कर्मचारीले त्यहाँ घरभाडामा लिने सम्भावना छैन । त्यस क्षेत्रमा गूगल मात्र नभइ अन्य सूचना प्रविधिमा काम गर्ने संस्था रहेको र ती संस्थाहरुमा काम गर्ने अधिकांस न्यून आय भएका कर्मचारी अवस्था यस्तै रहेको बताइन्छ । त्यस क्षेत्रको घरभाडा सन् २०१० मा भने यसको आधा रहेको बताइएको छ ।

ठुलो संस्थामा काम गरेपनी आम्दानी सबै भाडामा खर्च गर्न नचाहने कारण ति कर्मचारीहरु गाडीलाई नै घर बनाइरहेका छन् । त्यसरी घर बनाउन प्रयोग गरिने भ्यान ८ सय डलर प्रतिमहिना तिरेपछि भाडामा पाइने भएकाले पनि न्यून आय भएका कर्मचारीहरु घर भाडा नलिइ भ्यानमै जिविका चलाउने गरेको बताइन्छ ।

सिलिकन भ्याली स्थित माउन्टेन भ्यूलाई सूचना प्रविधिको लागि मुख्य स्थान मानिने गरिएको छ । घरभाडा मात्र नभएर त्यस क्षेत्रमा घरको मूल्य पनि आकाशिएको छ । सन् २०१० को तुलनामा दुई गुणाभन्दा बढि भाउ बढेको कारण नै यस क्षेत्रको भाडा पनि बढेको दाबी गरिएको छ ।

यसरी घरजग्गाको भाउ र घर भाडा बढेसँगै यस क्षेत्रमा अधिकांश घरधनीहरु अकस्मात मिलिनियर बनेका छन् । महँगीको कारण धेरैलाई बस्ने स्थानको अभाव भने बढ्दो क्रममा छ । यो समस्या बढेसँगै संयुक्त राष्ट्रसंघले यो घटनामा मानव अधिकार उल्लंघन भएको बताएको छ ।

अघिल्लो वर्षमा अन्त्यसम्ममा करिब तीन सय भ्यानलाई घरको रुपमा प्रयोग गरिएको बताइन्छ । भ्यानको संख्या बढेसँगै सडक अवरुद्ध भएको भन्दै माउन्टेन भ्यू सिटी काउन्सिलले सडकमा भ्यान पार्क गर्न रोक लगाएको छ । नयाँ नियमआएसँगै भ्यानमा गुजारा गरिहेकाहरुको समस्या भने थप बढ्ने भएको छ ।

 

यसरी कुटिए ‘लाइभ शो’मै पत्रकार (भिडियोसहित)

पाकिस्तानको एक टिभी च्यानलका पत्रकार 'लाइभ शो'मै कुटिएका छन् । 'के २१ न्युजमा न्युज लाइन विथ आफताब मुगेरी शो' मा सत्तारूढ दल पाकिस्तान

घुस लिएको पैसा फिर्ता गर्न मुख्यमन्त्रीको निर्देशन

भारत, ११ असार । पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले आफू मातहतका मन्त्रीहरूलाई सर्वसाधारणहरूले सरकारी सुविधा उपभोग गर्नका लागि घुस

 विश्वकै धनाढ्यका २४ भूउपग्रह एकैसाथ अन्तरिक्षमा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ ।  विश्वकै धनाढ्य एलन मस्कको

रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता

कजाखस्तान, १० असार । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान