चलेन राहुलको ‘७२ हजार’, बिजयको ताज ‘चौकीदार’को शीरमा

एजेन्सी । भारतीय लोकसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । अधिकांश क्षेत्रबाट आइसकेको र नतिजा अनुसार भारतीय जनता पार्टी (भाजपा) को गठबन्धन एनडीएले स्पष्ट बहुमत हात पारिसकेको छ ।

चुनावअघि काँग्रेस आईको लागि राहुल गान्धीको नारा ‘गरिबी पर वार, ७२ हजार’ मार्फत् गरीबको मत लिन आक्रामक रणनीति अघि सारेको थियो । प्रमुख प्रतिस्पर्धा रहेको भाजपालाई हराउन यस्तो रणनीति ल्याईएको राजनीतिक विश्लेषकले अथ्र्याएका थिए । यस अभियान मार्फत् जनताको न्यूनतम आय बढाउने नारा लगाएसँगै जनमत आफ्नो पक्षमा ल्याउन सकिने अनुमान गलत साबित भएको नतिजाले देखाईरहेको छ ।

यस विपरित भाजपा नेतृत्वको सरकारले पाकिस्तानको बालाकोटको बिरानो क्षेत्रमा बम खसाउँदै ठूलो संख्यामा आतंकवादी मारेको ‘झुठो दाबी’का साथ ‘राष्ट्रवादी’ छवि बनाएपछि चुनावी माहोल भाजपातर्फ ढल्केको नयाँदिल्लीका राजनीतिक पण्डितहरुको निष्कर्ष छ ।

सन् २०१४ को चुनावमा ४४ सिटमा सीमित रहेको काँग्रेसका अध्यक्ष राहुल गान्धीको दौडधुप र रणनीतिको फलस्वरुप अघिल्लो चुनावको आँकडामा केहि सुधार आएपनि भाजपाको ‘चौकीदार’ अभियानलाई भने उनले पछार्न सकेनन् ।

चुनावअघि ‘चौकीदार’ शब्दमा पनि राजनीति गरिएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू यो देशको ‘चौकीदार’ रहेको भन्दै ट्वीटर एकाउन्टमा नामको पछाडि ‘चौकीदार’ लगाएर चुनावी प्रचारमा होमिएका थिए ।

काँग्रेस आईले राफेल विमानको खरिदमा भ्रष्टाचार गरिएको दाबी गर्दै ‘चौकीदार चोर हे’ भन्दै मोदीको यहि अभियानलाई ‘काउन्टर’ दिएका थिए ।

अन्ततः काँग्रेस आईको ‘७२ हजार’ को अगाडि ‘चौकीदार’ अभियानले बाजी मार्दै भारतको राज्यसत्ता अबको पाँच वर्षको लागि आफ्नो पकडमा पार्न सफल भएको बताईन्छ ।काँग्रेस आईको पराजयको पछाडि थुप्रै कारण भएपनि मुलतः नेतृत्वमा राहुलले देखाएको ढुलमुले प्रवृत्तिलाई प्रमुख कारण रहेको दाबी गर्नेको संख्या ठूलो छ ।

पार्टीको प्रचार अभियानको पनि नेतृत्व गरेका उनलाई नेतृत्वको विषयमा गरिएको प्रश्न सधैं टार्ने गरेको आरोप लाग्ने गरेको छ । उनले सधैं जनता नै मालिक हुन् र उनीहरुको निर्णय सर्वोपरी हुने भन्दै नेतृत्वको विषयलाई पन्छाउनु पनि पराजयको कारण रहेको निर्वाचनको समीक्षा गर्नेहरुको निचोड छ ।

पछिल्लो वर्षको अन्त्यतिर भएको तीन राज्यको चुनावले भने काँग्रेसको आशा बढेको थाहा भएको छ । मध्य प्रदेश, छत्तीसगढ र राजस्थानको विधानसभा निर्वाचनमा पाएको विजयले काँग्रेस उत्साहित रहेको बताइन्छ ।

लोकसभामा पनि सोही लय कायम गर्ने विश्वास गरेपनि भाजपाको अभियानले पछारिएको काँग्रेसले ‘७२ हजार’ र राफेल काण्डको बलमा ‘चौकीदार’ लाई ‘चोर’ साबित गर्न नसेकेको पुष्टी भइसकेको छ ।

 

 विश्वकै धनाढ्यका २४ भूउपग्रह एकैसाथ अन्तरिक्षमा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ ।  विश्वकै धनाढ्य एलन मस्कको

रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता

कजाखस्तान, १० असार । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान

अमेरिकाले इरानलाई लगाएको नयाँ प्रतिबन्दको कस्तो असर ?

अमेरिका, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत् इरानमाथि थप प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् । देशका सर्वोच्च नेता

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

सोल, ९ असार  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु