'फकिर'लाई भारी जनविश्वास


काठमाडौं । विश्वकै ठुलो लोकतन्त्र मानिने भारतका जनताले दोहोर्याएर देशको नेतृत्व गर्न एकजना फकिरलाई भारी विश्वासको मत दिएका छन् ।

आफुलाई फकिर बताउने  प्रधानमन्त्री नरेन्द्र मोदीले मत गणनाले आफ्नो विजय सुनिश्चित भएपछि भारतीय जनता पार्टीको मुख्यालयमा उपस्थित हज्जारौं नेता कार्यकर्तालाई सम्बोधन गर्दै विजयको श्रेय मतदातालाई दिए । उनले यसपटकको लोकसभा निर्वाचनको परिणाम लोकतान्त्रिक विश्वको इतिहासमा सबैभन्दा ठूलो घटना भएको पनि बताए । 

 त्यसअवसरमा मोदीले भाजपाको जित हिन्दूस्तान, लोकतन्त्र, जनता जनार्दनको विजय भएको भनी निर्वाचनलाई भारत स्वतन्त्र भए यताकै ऐतिहासिक भनी चर्चा गरे । उनले आफ्नो पार्टीको जितलाई ‘कोटी कोटी नागरिकले म फकिरलाई घर दिएको, फकिरको झोला भरिदिनुभयो’ भनी टिप्पणी गर्दै सर झुकाएर नमन गरे। मोदीले जनता र आधुनिक भारतका लागि कडा मेहनत गर्ने प्रतिबद्धता पनि जनाए।

भारतको उज्जल भविष्यका लागि काँधमा काँध मिलाएर काम गर्ने प्रतिबद्धता जनाएका मोदीले विभिन्न राज्यहरुको विकास यात्रामा केन्द्र सरकार काँधमा काँध मिलाएर जाने भनाई राखे। 

काम गर्दा गल्ती हुने भन्दै उनले आउने दिनमा बदनामी र बदनियतवाला कुनै काम नगर्ने बताए। ‘म आफ्नो लागि केही गर्ने छैन। देशवासीको भरोसा टुट्न दिने छैन। मेरो समयको पल पल, शरीरको कण कण मात्र देशवासीका लागि हो’, उनले भने।  

 विश्वकै धनाढ्यका २४ भूउपग्रह एकैसाथ अन्तरिक्षमा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ ।  विश्वकै धनाढ्य एलन मस्कको

रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता

कजाखस्तान, १० असार । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान

अमेरिकाले इरानलाई लगाएको नयाँ प्रतिबन्दको कस्तो असर ?

अमेरिका, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत् इरानमाथि थप प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् । देशका सर्वोच्च नेता

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

सोल, ९ असार  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु