ओली–प्रचण्डले पश्चिम बंगालबाट सिक्नु पर्ने पाठ

कम्बोडिया र भियतनामको भ्रमण गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनु भएपछि यो भ्रमण बारे बाहिरबाहिर नदेखिएपनि भित्रभित्र जोड घटाउ भइरहेको छ । प्रधानमन्त्री ओलीले द्वन्द्व र शान्ति प्रकृयापछिको विकासको अध्ययन र अनुभवको लागि आफूले उक्त भ्रमण गरेको सार्वजनिक अभिव्यक्ति दिनुभएको छ ।

नेपालको अवस्था भियतनाम भन्दा पनि कम्बोडियासँग मिल्छ । नेपालमा प्रचण्ड, बाबुराम, मोहन बैधहरुले कम्युनिष्ट आवरणमा सिआइए रणनीति अनुसार युद्ध चलाए जस्तै कम्बोडियामा पनि पोलपोटले चलाएका थिए । नेपालका अत्याधुनिक दुुुुुुईवटा सैन्य गणको पहराभित्र राजा वीरेन्द्रको हत्या ईण्डो सिआइए राणनीति अन्तर्गत गरिएको थियो । ठीक त्यस्तै कम्बोडियामा पनि सिआइएकै योजनामा तत्कालिन सोभियतसंघको भ्रमणमा रहेको अवस्थामा राजा नरोद्धम सिंहानुकलाई अपदस्थ गरिएको थियो । तर, पछि कम्बोडियामा जनवादी गणतन्त्र चीनको पहलमा राजनीतिक समस्या समाधान भएको थियो । ठीक त्यस्तै नेपालमा अहिले ईण्डोअमेरिका गठबन्धनसँग चीनले आमने–सामने भिड्नुपर्ने अवस्था रहेको छ ।
कम्बोडियामा विस्थापन भएपछि राजा सिंहानुकले चीन निर्वासनमा बसेर संघर्ष गरेका थिए । नेपालमा भने दरवार हत्याकाण्डपछि विस्थापित गराइएका पूर्वराजा ज्ञानेन्द्र शाह भने ईण्डोसिआइएमै सामेल हिजोका सचिव र जनरलहरुलाई वरिपरि राखेर हिँडिरहेका छन् । नक्कली राष्ट्रवादको आवरणमा कहिले प्लस २५ त कहिले नागरिक समाजका नाममा अमिलो डकार डकार्नेहरुसँगै पूर्वराजा शाहको उठबस छ ।

प्रधानमन्त्री ओलीको कम्बोडिया र भियतनाम भ्रमणप्रति ईण्डोपश्चिमा शक्तिकेन्द्रका जासुसहरुले झुसिलो डकारेको सुन्दा भने प्रधानमन्त्रीको यो भ्रमण ठीक थियो भन्न झन सहज भएको छ । किनभने माओले भने जस्तै ‘जव दुश्मनले तिम्रो प्रसंशा गर्न थाल्छन् तिमी गलत ठाउँमा छौ । जव विरोध गर्दछ तिमी ठिक ठाउँमा छौ ।’ भने जस्तै यस अर्थमा प्रधानमन्त्री ओलीको भ्रमण ठीक थियो भन्ने बुुझ्नु पर्दछ ।

पूर्व परराष्ट्र मन्त्रीसमेत भइसकेका रमेशनाथ पाण्डेले एक साप्ताहिकमा प्रधानमन्त्री ओलीको भ्रमणप्रति गरेको टिप्पणी निकै ‘निम्छरो’ थियो । पाण्डेको यो बोली पश्चिमा शक्ति केन्द्रको रोदन हो । त्यसैले उनीहरु अब केही समयमै नेपालमा ठूलै उथलपुथल हुन्छ भन्दै आफना जासुसहरुमार्फत प्रपोगण्डा गरिहेका छन् ।

खासगरी राष्ट्रपति विद्यादेवी भण्डारीको चीनभ्रमण र उनले बीआरआई र व्यापार पारवहन प्रोटोकलमा हस्ताक्षर गरेपछि सिक्किममा लेन्डुप दोर्जेको सिकिक्म राष्ट्रिय कांग्रेस जस्तै मोडलमा नेपालमा स्थापित नेपाली कांग्रेसले यसको विरोध गरेको छ घुमाउरो रुपमा । राजा महेन्द्रले कोदारी राजमार्ग खोल्दा त्यसको विरोधमा व्यक्तव्य जारी गरेका वीपी कोईरालालाई आदर्श मान्नेहरुले यो विरोध गर्नु नौलो कुरा होईन । यो अभियानमा राजा त्रिभुवनका सचिव भारतीय नागरिक चन्द्रेश्वर नारायणको भूमिकामा राष्ट्रिय अन्तर्राष्ट्रिय विशेष गरेर अमेरिकी जासुसी संस्था सिआइए, भारतीय खुफिया एजेन्सी रअसँग जोडिएका राजदरवारका पूर्व सचिवहरुलगायत, सेनाका जर्नेलहरु क्रियाशील रहेका छन् । यहाँ बुझ्नै पर्ने कुरा के छ भने दिल्ली पुगेर फर्केपछि तराइमा मधेसमा आगो झोसेका उपेन्द्र यादव र दिल्लीमै बसेर दश वर्षसम्म नेपालमा हत्याहिंसा मच्चाएका डा. बाबुरामलाई एकठाउँमा जोडिदिएको छ ।

यतिवेलै पोखरामा अमेरिकी सेना बोलाएर नेपाली सेनाले विपद् व्यस्थापनको आवरणमा सिआइएसँग परेड खेलिरहेको छ । एकथरी राष्ट्रवादको खोल ओडेर सिआइए नियन्त्रित नेपालको सैनिक हेडक्वाटरबाट भुस्याहा कुकुरलाई दिइने अन्तिम गास जस्तो कलोमा रमाएका वामपन्थी आवरणका वुद्धिजिवी, वकिल र प्राध्यापकहरु ओली विरोधी अभियानमा लागिरहेका छन् । यी सबैको सार भनेको चीनको नेपाल प्रवेशलाई कसरी रोक्ने ? भन्ने नै हो । अनि ईण्डोअमेरिकी स्वार्थको घुमाइ फिराइ रक्षा गर्नेे नै हो । १२ बूँदे सम्झौताको विरोधको आवरणमा सेना, राजा र १२ बूँदे विरोधीहरु एक ठाउँमा हुनुपर्छ भन्नेहरु पनि तिनै हुन ।

यो अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणसँगै प्रधानमन्त्रीको कम्बोडिया र भियतनाम भ्रमण राजनीतिक रुपमा अर्थपूर्ण रहेको छ । वर्तमान सरकार र चीनले के बुुझ्न जरुरी छ भने ईण्डोपश्चिमा शक्ति केन्द्र सेनामार्फत पूर्वराजाको आवरणमा दलाई लामा मोडलमा खेल्न खोजिरहेको छ । त्यसो हुन्थेन भने दुई सांसदले दलाई लामालाई भेटेको समाचार राष्ट्रपतिको चीनभ्रमणकै क्रममा सरकारकै राष्ट्रिय समाचार समितिमा छापिने थिएन । यो षड्यन्त्रको भित्रि रुपलाई हेर्ने हो भने नेपालमा अब नयाँ ढंगले लाओस र कम्बोडिया मोडलमा जस्तै पुरानो शक्तिलाई वामपन्थी घेराभित्र सेफल्याण्डिङ गर्न जरुरी छ ।

यो पंक्तिकारसँग साहित्यकार तथा चीन सम्वन्धी विषेशज्ञाता डा. गोविन्द भट्टले एउटा रमाइलो स्मरण सुनाउनु भएको थियो । ‘चीनको आग्रहमा राजा वीरेन्द्रको लाओस भ्रमण भयोे । चीनले लाओसको राजनीतिक मोडलबाट नेपालले शिक्षा लियोस् भन्ने रहेछ । भ्रमणबाट फर्केपछि यस बारेमा जिज्ञासा राख्दा राजाका सचिवहरुले बगैंचा, होटल र सडकको व्याख्या गरेछन् । दरवारीया कति वेवकुफ छन, हुन्छन भन्ने यही उदाहरण काफी  छ ।’ उनीहरुले त राजनीतिक मोडल पो सोधेको थिए तर, वर्णन होटलको भयो । सायद लाओसको मोडलमा जान खोज्दा राजा वीरेन्द्रको वंशनाश भएको हुन सक्ने आशंका पनि अस्वभाविक होईन । यो तथ्यकाबीच प्रधानमन्त्रीको भ्रमण आफैंमा अर्थ र महत्वको छ ।

नेपाली सेनाको गुुप्तचर संयन्त्रमा रहने तर, राष्ट्रवादको व्यानरमा ईण्डोपश्चिमाको सेवा गरिरहेका एकथरिले यही बेला प्रचण्डमार्फत नेकपा विभाजन हुने स्यालहुइँया फिजाईरहेका छन् । प्रचण्डमा तमाम कमिकमजोरी छन् । त्यसका वावजुद एमालेका मनमोहन अधिकारीवाहेक सबै नेतृत्वलाई प्रधानमन्त्री बनाउन आवेगपूर्ण अथवा संवेगपूर्ण भूमिका छ नै । चीनसँगको सम्झौतामा पनि प्रचण्डको धेरथोर जतिभएपनि केही अंश छ । हो, कमिकमजोरी प्रचण्डमा छन् र उनी सबैभन्दा अस्थिर र असुरक्षित पनि छन् । असुरक्षा र शक्ति केन्द्रको दवाव नै उनको अस्थिरताको कारण पनि हुन सक्छ ।

यो कुरालाई बुझेर पूर्व एमाले र विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिका निभाउन जरुरी छ । पूर्व एमाले भित्रको एनजीओे सञ्जाल र पूर्व माओवादी भित्रको चर्च सञ्जाल प्रचण्ड ओलीको दोस्तीमा व्यवधान खडा गरेर नेकपामा विभाजन चाहन्छ । यसमा देशी विदेशी विशेष गरेर राजा वीरेन्द्र र मदन भण्डारीको हत्यामा संलग्न शक्तिकेन्द्रको क्रियाशीलता रहेको छ । यस कारण ओली र प्रचण्डले के बुझ्न र हेक्का राख्न जरुरी छ भने मदन भण्डारी राजा वीरेन्द्र देखि शुशील कोईरालासम्मलाई नछोडेको शक्तिकेन्द्रले उनीहरुलाई पनि छोड्ने छैन ।
 

जेठ ३ र २०५८ जेठ १९

गत हप्ता मदन भण्डारीको हत्या भएको दिनलाई स्मरण गरियो । यो हत्याले पूर्व एमाले नेतृत्वलाई छोड्ने छैन । अव चीनको सहभागीतामा मदन भण्डारी र दरवार हत्याकाण्डको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको छानवीन समिति बनाएर यर्थाथता बाहिर ल्याउन जरुरी छ । अन्यथा यसको दागबाट पूर्व एमाले नेतृत्व कहिलेपनि उम्कन पाउने छैन । हो, धेरै प्रमाणहरु नष्ट गर्ने प्रयत्न भएका छन् र दुवै हत्याकाण्डका पछाडि ईण्डोसिआइए रणनीतिअन्तर्गत नेपाली सेनाकै केही अधिकारीको संलग्नता रहेको छ भनिन्छ र यो असंभव पनि छैन । यो पहल ओली र प्रचण्डले गरे भने इतिहासले नयाँ कोर्ष लिने छ । मदन भण्डारीको हत्या गरेर पूर्व एमालेमा हावी गराइएका नेतृत्व र यसमा अवयवहरु नै अहिले नेपथ्यमा ओली विरुद्ध जेहाद छेडिरहेका छन् । प्रचण्डले बुझ्न जरुरी छ ओली असफल हुँदा उनी पनि सफल हुने छैनन् । र, त्यसै दिन उनको पनि राजनैतिक ईहलिला समाप्त हुने छ । भौतिक रुपमा पनि शुशील कोईरालाको हालतमा पु¥याउने छन् । यसमा ओली र प्रचण्डको विभाजन स्वयम उनीहरुको लागि मात्र होईन मुलुकको लागि नै घातकसिद्ध हुनेछ ।

चीन संझौता कार्यान्वयन गर

चीनसँग गरिएका अल्पकालिन तथा दीर्घकालिन दुबैखाले संझौता तिब्र रुपमा कार्यान्वयन गर्नु नै अहिलेको मुलुकको आवश्यकता हो । यसमा वाधक ईण्डोपश्चिमा दीक्षित वर्तमान कर्मचरीतन्त्र नै हो । त्यसलाई तोड्न जरुरी छ । त्यो अवस्थामा नेकपालाई चुनौती दिने अर्को शक्ति छैन । धर्म निरपेक्षता खारेजी सहित पश्चिमी जासुसी सञ्जालको नियन्त्रण गर्न नसके सन् १९७० को दशकमा भारतमा इन्दिरा गान्धीले संविधानमा धर्म निरपेक्षता समावेश गरेकै कारण ८० को दशकमा दुई सीट ल्याएर भाजपाले जसरी कांग्रेसलाई किनारा लगायो नेपालमा पनि नेकपाको हकमा त्यही इतिहास दोहोरिने छ ।

यसकारण धर्म निरपेक्षताको खारेजीको दीर्घकालिन असर र प्रभावप्रति हेक्का राख्न जरुरी छ । जसरी भारतको पश्चिम वंगाललाई चर्चकरण गर्दासम्म भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीलाई पश्चिमाले सहयोग गरे जव चर्च वलियो बन्यो त्यसपछि भाजपालाई नामेट गराउँदै तृणमूल कांग्रेस र ममता बेनर्जी उदय गराइएको घटनाबाट वर्तमान सरकारले शिक्षा लिन जरुरी छ ।
(प्रकाश खबर http://prakashkhabar.com मा प्रकाशित अर्जुन ज्ञवालीको राजनीतिक विश्लेषण) 


 

ओली तर्सिएपछि टर्यो सम्भावित घटना

काठमाडौं । अन्ततः गुठी विधेयकमा सरकार पछि हटेको छ । तथापि आन्दोलन कारीहरु भने सडकमै छन् । विधेयक ३ असारसम्म फिर्ता नभए आन्दोलन अनियन्त्रित भई खतरनाक

 मध्यावधिका लागि तयार रहन ओलीले दिए प्रचण्डलाई धम्की

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई मध्यावधि निर्वाचनको धम्की दिएको बुझिएको छ । सत्तामा आलोपालोको

दुई तिहाई सरकार: कायर, निम्छरो र नकच्चरो तर्क

दुई तिहाईको ऐतिहासिक र बलियो सरकार किन यस्तो कायर, निम्छरो र नकच्चरो तर्क गर्दछ ? ***** ***** आफू हतारहतार कुनै कार्ययोजना तयार नै नगरी वाइडबडी खरिदको

धरापमा हिमालयन बैंक

काठमाडौं । केही समय पहिला हिमालजस्तै अटल रहेको हिमालयन बैंक ऋण उठाउन नसकेपछि धरापमा पर्न थालेको छ । उक्त बैंकले अन्धाधुन्दा जग्गामा लगानी गर्दा यस्तो