एकाएक ३० हजार माछा मरेपछि कृषक चिन्तित


धादिङ, ९ जेठ । नीलकण्ठ नगरपालिका–३ गौतीमा पालिएको ३० हजार माछा मरेपछि माछापालक कृषक चिन्तित भएका छन् ।तीन महीनाअघि माहुर जातको माछा पोखरीमा हालिएकामा ३०० ग्रामदेखि ८०० ग्रामसम्म पुग्न लाग्दा एकाएक सबै माछा मरेको माछापालक कृषक चन्द्र तामाङले बताएका छन् । टाउको पखेटा, पुच्छरमा रातो भएर छटपटाउने, सुस्त हुने र  माछा मर्ने गरेको छ । बिक्रीका लागि तयारी  अवस्थामा पुगेका माछा मरेपछि आफू समस्यामा परेको उनको भनाइ रहेको छ । 
 
चार वर्षदेखि माछापालन गर्दै आएका तामाङको चार पोखरीमध्ये सबैभन्दा ठूलो पोखरीमा रहेको माछा सखाप भएपछि मरेका माछाले दुर्गन्ध फैलिएको छ ।

वर्षको रु  एक लाख ७० हजार भाडा तिरेर माछापालन गरिरहेका उनले जिल्लामा रहेको भेटेनरी अस्पतालमा सम्पर्क गर्दा माछाविज्ञ नभएको अस्पतालका सूचना अधिकारी घुरन मण्डलले बताएका छन् । रासस

बागलुङमा व्यावसायिक खरायोपालन

गलकोट, ४ असार । बागलुङ नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यावसायिकरुपमा खरायोपालन शुरु गरेका छन्।  शर्माले चार महीनाअगाडि घरमा पाल्न दुई

कृषकलाई यान्त्रिक हलो वितरण

बलेवा, ३ असार । कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले बागलुङ नगरपालिका–१२ अमलाचौरले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै समयमा धेरै

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं, ३ असार । आज सुनको मुल्य घटेको छ । आ सुनको मुल्य तोलामा रु १ सय रुपैयाँ घटेको हो सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको मुल्य मंगलबार

यस्तो छ गण्डकी प्रदेशको बजेट, कृषि, पर्यटन, उद्योग, सिँचाइ र पूर्वाधारमा प्राथमिकता

पोखरा, २ असार ।  गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार, कृषि, पर्यटन र उद्योग क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । प्रदेश