वाईडबडी भ्रष्टाचारबारे सार्वजनिक सुनुवाई हुने


काठमाडौं । नेपाल वायु सेवा निगमको बाइडवडी जहाज खरिदमा भएको भ्रष्टाचार छानबिनका लागि गठित नागरिक आयोगले जेष्ठ ११ गते शनिवारका दिन वसन्तपुर डवलीमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा एयरवस खरिद गर्ने सम्बन्धमा भएको भ्रष्टचारको बारेमा चर्चा परिचर्चा हुने बताइएको छ ।

  अभियन्ताले आम–नागरिक, विज्ञ, कर्मचारी, संचारकर्मीसँग भएका समाचार, दस्तावेजहरु नागरिक आयोगलाई उपलब्ध गराई शनिवार हुने कार्यक्रम सहज पारिदिन आग्रह समेत गरेका छन् । 

     नागरिक आयोगका संयोजक शुकदेव भट्टराईले साक्षात्कार कार्यक्रममा बोल्दै भने विगतमा पनि लाउडा, धमिजा काण्ड भएको बताए । उनले त्यस्ता काण्ड सरकारी छानविनबाट माथि उठ्न नसकेको भने । आजको समयमा जनता सचेत रहेको र राष्ट्रको ढुकुटीबाट खर्चेको पैसाको लेखाजोखा सरकारले राख्नुपर्ने बताए । उनले भने, “त्यसो त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्बाही अघि बढाउन नखोजेको होइन । विदेशमा रिपोर्ट लगिएको छ भनिएको छ, सार्वजनिक हुनुप¥यो ।”   
 
   वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले संसदीय लेखा समितिले गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा बनेको छानबिन आयोगले केही काम कार्बाही गर्न नसकेको बताए । उनले वाइडवडीमा भएको भ्रष्टाचार र वेथितिको बारेमा नागरिक अभियानले जनतालाई थप सु–सुचित पार्ने तर्क राखे ।  
   कार्यक्रममा पूर्व एआईजी ठाकुर मोहन श्रेष्ठले भ्रष्टाचार पञ्चायतकाल हुँदै अहिलेसम्म जारी रहेको चर्चा गर्दै सार्वजनिक पद धारण गरेको व्यक्तिको सम्पत्ति सार्वजनिक गरिनुपर्ने बताए  ।   

   अर्का अभियन्ता रोजा श्रेष्ठले सरकारले भ्रष्टाचार सम्बन्धि हुनुपर्ने छानविन लुकाएको आरोप लगाईन् ।   

प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएन : बजेट फ्रिज हुने अवस्थामा

कास्की, १० असार । पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम

शेयर बजार बढ्यो

काठमाडौँ, ९ असार । आइतबार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक

वर्षाले कर्णालीमा रोपाइँको सुरसार

सुर्खेत, ८ असार । ब्याड राख्ने र रोपाइँ गर्ने प्रतिक्षामा रहेका किसान वर्षात् हुँदा खुशी भएका छन् । लामो खडेरीका कारण रोपाइँको सुरसार गर्न नपाएका

माटो परीक्षण शिविर शुरु

डोटी, ८ असार  । डडेल्धुरास्थित डिभिजन कृषि ज्ञान केन्द्रको पहलमा यहाँको  कृषि ज्ञान केन्द्रले शिखर नगरपालिकामा निःशुल्क माटो परीक्षण शिविर