नागरिकता विधेयकविरुद्ध तीन दल


बलेवा, ९ जेठ ।राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधको अभियान जारी राखेका छन् ।केही समयअघि हस्ताक्षर सङ्कलन गरेका ती दलले उक्त विधेयक ‘राष्ट्रघाती’ भएको भन्दै फिर्ता लिन माग गरेका हुन् । आज विधेयकविरुद्ध ती दलले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पनि बुझाएका थिए  ।
 
नेपालको राष्ट्रियतामा आ“च आउने गरी विधेयक आएकाले विरोध गर्नुपरेको राजमोका अध्यक्ष अमर थापाले बताएका छन् । अहिले ठूलो सङ्ख्यामा गैरनेपालीले अङ्गीकृत र वंशजका आधारमा नागरिकता लिएको उनीहरुको आरोप थियो । सीमावर्ती क्षेत्रमा त्यस्ता नागरिकता लिने बढी छन् । विसं २०६३ मा ल्याएको ऐनले भित्र्याएको राष्ट्रघातको विस्तारितस्वरुप विधेयकले बोकेको उनीहरुले आरोप लगाए । प्रजिअ लुकबहादुर क्षेत्रीले सो ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा जानकारी गराउने आश्वासन दिएका छन् । रासस

काठमाडौँ काङ्ग्रेसका उपसभापतिमा माली

काठमाडौँ, ११ असार । नेपाली काङ्ग्रेस काठमाडौँका उपसभापतिमा विजय माली मनोनीत भएका छन् । काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँको अध्यक्षतामा आज

विप्लवले जारी गरेको विज्ञप्तिमा के छ ?

काठमाडौं, ११ असार । नेत्रविक्रम चन्द विप्लव समूहको कम्युनिस्ट पार्टीले मंगलबार घोषणा गरेको नेपाल बन्द सफल भएको दावी गर्दै विज्ञप्ति निकालेको छ

 प्रचण्ड सत्तामा आलोपालोकै पक्षमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल सत्तामा आलोपालोको सहमतिबाट टसमस नहुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र

‘गलबन्दी च्यातियो’ गीतको चर्चा संसद्मा

काठमाडौं, १० असार । प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक