आठौँ राष्ट्रिय खेलकूदका विजयी खेलाडी सम्मानित

काठमाडौँ, ९ जेठ । सशस्त्र प्रहरी बल (एपीएफ) ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक विजेता आफ्ना क्लबका खेलाडीलाई आज सम्मान गरेको छ ।

प्रदेश नं ५ मा सम्पन्न उक्त प्रतियोगितामा पदक विजेता खेलाडीलाई हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सम्मान गरेका हुन् ।

उक्त प्रतियोगितामा एपीएफ क्लब तेस्रो भएको थियो । एपीएफले ५४ स्वर्ण, ६९ रजत र ८०  कास्यसहित कूल २०२ पदक पदक जितेको थियो । सम्मानस्वरुप एपीएफले स्वर्ण पदक विजेता खेलाडीलाई जनही रु १० हजार प्रदान ग¥यो भने रजत विजेतालाई रु सात हजार तथा कास्य विजेतालाई रु पाँच हजार प्रदान गरेको थियो । रासस

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

भीमदत्तनगर, ११ असार । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले

विश्वकपमा पाकिस्तानको यस्तो संयोग, उपाधि जित्ने दाबी

एजेन्सी । विश्वकप क्रिकेट २०१९ को सरगर्मी चलिरहेको छ । प्रतियोगितामा न्युजिल्याण्ड, भारत र अष्ट्रेलियाले बलियो प्रदर्शन गरिरहेका छन् । यी तीनै टोली

विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलिया

लन्डन, ११ असार । इंग्ल्यान्डमाथि ६४ रनको सहज जित हात पारेपछि अस्ट्रेलिया मंगलबार विश्वकप क्रिकेटको सेमिफाइनल पुगेको छ । सात खेलमा छैटौं जित हात

आन्द्रे रसेल घाइते, समस्यामा वेष्ट इन्डिज

एजेन्सी । वेष्ट इन्डिजका विस्फोटक ब्याटसम्यान आन्द्रे रसेल घाइते भएका छन् । घुँडाको चोटबाट ग्रसित उनी विश्वकप टोलीबाट बाहिरिएका छन् । रसेललाई