सावित्राको शानदार प्रदर्शन, सेथु बन्यो लिग च्याम्पियन

काठमाडौं, ८ जेठ । स्टार महिला फुटबलर सावित्रा भण्डारी साम्बाको २ गोल सँगै सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगको उपाधि जितेको छ । आज भएको फाइनलमा खेलमा साम्बाको टोली सेथुले मणिपुर पुलिस स्पोर्टस क्लबलाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भयो ।  

पहिलो हाफमा एक गोलले पछि परेको सेथुले दोश्रो हाफमा ३ गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । मणिपुरको लागि खेलको ४३ औं मिनेटमा राधारानी देवीले गोल गरेकी थिइन् ।

दोश्रो हाफमा आक्रामक रुपमा खेलेको सेथुको लागि इन्दुमथीले गोल गरिन् । ५६ औं मिनेटमा उनले गरेको गोलले स्कोर बराबर भएको थियो । सावित्राले खेलको ६० ओैं मिनेटमा गोल गर्दै सेथुलाई अग्रता दिलाइन् । 

कप्तान इन्दुमथीले दिएको पासलाई उनले गोलमा परिणत गरेकी थिइन् । शानदार फर्ममा रहेकी साम्बाले खेलको ७० औं मिनेट पुनः गोल थप्दै सेथुको विजय सुनिश्चीत गराइन् । उक्त गोलको लागि पनि इन्दुमथीले पास दिएकी थिइन् ।  

बाँकि समयमा दुबै टोली थप गोल गर्न नसकेपछि सेथुले पहिलो पटक लिगको उपाधि जितेको छ । 

साम्बाले यस प्रतियोगितामा ७ खेल खेल्दै १५ गोल गरिन् । उनले यस क्रममा तीन ह्याट्रिक पनि प्रहार गरिन् । 

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

भीमदत्तनगर, ११ असार । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले

विश्वकपमा पाकिस्तानको यस्तो संयोग, उपाधि जित्ने दाबी

एजेन्सी । विश्वकप क्रिकेट २०१९ को सरगर्मी चलिरहेको छ । प्रतियोगितामा न्युजिल्याण्ड, भारत र अष्ट्रेलियाले बलियो प्रदर्शन गरिरहेका छन् । यी तीनै टोली

विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलिया

लन्डन, ११ असार । इंग्ल्यान्डमाथि ६४ रनको सहज जित हात पारेपछि अस्ट्रेलिया मंगलबार विश्वकप क्रिकेटको सेमिफाइनल पुगेको छ । सात खेलमा छैटौं जित हात

आन्द्रे रसेल घाइते, समस्यामा वेष्ट इन्डिज

एजेन्सी । वेष्ट इन्डिजका विस्फोटक ब्याटसम्यान आन्द्रे रसेल घाइते भएका छन् । घुँडाको चोटबाट ग्रसित उनी विश्वकप टोलीबाट बाहिरिएका छन् । रसेललाई