अजय देवगणले शेयर गरे २० वर्ष पुरानो तस्विर

एजेन्सी । चर्चित बलिउड नायक अजय देवगणले सामाजिक संजालमा २० वर्ष पुरानो तस्विर सार्वजनिक गरेका छन् ।

अजयले समकालीन नायिका तब्बूसँगको उक्त तस्विर शेयर गरेसँगै सामाजिक संजालमा भाइरल भएको छ । इन्स्टाग्राम मार्फत् सार्वजनिक गरिएको उक्त तस्विरमा अजयले हातमा पेन र कपि लिएर सुतिरहेको र साथमा नायिका तब्बु टोलाइरहेको देखिन्छ ।

९० को दशकमा बनेको यस जोडीको पहिलो फिल्म चलचित्र ‘विजयपथ’ को सेटबाट लिइएको उक्त तस्विरको क्याप्सनमा अजयले लेखेका छन् , “मैले आजसम्म त्यसबेला किन सुते भन्ने पत्ता लगाउन सकेको छैन, त्यसको कारण अरु केहि थियो कि तब्बु नै हुन् १”

पछिल्लो समय फिल्म ‘दृश्यम’ र ‘गोलमाल अगेन’ मा सँगै काम गरेका अजय र तब्बूको फिल्म ‘दे दे प्यार दे’ गत शुक्रबार रिलिज भएको छ । हालसम्म ५० करोड भारु कमाइ गरिसकेको यस फिल्मले बक्स अफिसमा तगडा कमाई गर्ने आँकलन गरिएको छ ।

 

 

अमेरिकी \'टिभी शो\' मा श्रुति हसन

एजेन्सी । बलिउडकी चर्चित नायिका श्रुति हसल हलिउडको पर्दामा देखिने भएकी छिन् । दक्षिण भारतीय चलचित्रमा लामो समय काम गरेकी श्रुतिले बलिउडका केहि

सलमान खान फसे कानुनी झमेलामा

एजेन्सी । बलिउड स्टार सलमान खान व्यस्त कलाकारको सूचीमा अग्रस्थानमा रहने गरेका छन् । नियमित रुपमा फिल्म खेल्ने देखि टेलिभिजन कार्यक्रममा उत्तिकै

चर्चित जोडी टाइगर श्रफ र दीशा पटानीको ‘ब्रेकअप’

एजेन्सी । बलिउडका चर्चित जोडी दीशा पटानी र टाइगर श्रफको प्रेम सम्बन्ध टुटेको खबर बाहिरिएको छ । हालसम्म आधिकारिक रुपमा यि दुईले कहिल्यै सम्बन्धमा

रेखा थापाकाे आक्रोशः यो कस्तो गणतन्त्र हो ?

काठमाडौं, १० असार । सरकारले प्रतिबन्ध लगाएकाे नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका केन्द्रीय सदस्य नरबहादुर कार्की पक्राउ परेपछि अभिनेत्री