प्रहरी र विप्लव कार्यकर्ताबीच मुठभेट


भोजपुर । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यकर्ताबीच मुठभेट भएको छ । 

    मंगलबार दिउँसो भएको मुठभेटमा प्रहरीको गोली लागेर षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका सो समूहका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए। 

    घिमिरेको खुट्टामा गोली लागेको छ । घिमिरलाई उपचारका लागि धरान लैजाने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए।  घिमिरेको साथबाट हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि फायर गरेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए। 

    हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ । केही दिनदेखि भोजपुर, खोटाङ र सोलुखुम्बुको सीमा क्षेत्र मैयुङ, दोभानेमा विप्लव समूहका कार्यकर्ता हतियारसहित रहेको प्रहरीले सूचना पाएको थियो । सोही सूचनाका आधारमा प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले चारैतिरबाट घेरा हालिरहेको थियो । घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रजिअ खतिवडाले जानकारी दिए । रासस

काठमाडौँ काङ्ग्रेसका उपसभापतिमा माली

काठमाडौँ, ११ असार । नेपाली काङ्ग्रेस काठमाडौँका उपसभापतिमा विजय माली मनोनीत भएका छन् । काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँको अध्यक्षतामा आज

विप्लवले जारी गरेको विज्ञप्तिमा के छ ?

काठमाडौं, ११ असार । नेत्रविक्रम चन्द विप्लव समूहको कम्युनिस्ट पार्टीले मंगलबार घोषणा गरेको नेपाल बन्द सफल भएको दावी गर्दै विज्ञप्ति निकालेको छ

 प्रचण्ड सत्तामा आलोपालोकै पक्षमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल सत्तामा आलोपालोको सहमतिबाट टसमस नहुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र

‘गलबन्दी च्यातियो’ गीतको चर्चा संसद्मा

काठमाडौं, १० असार । प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक