अठचालीस मेनपावरको कारोवार बन्द

काठामडौँ, ७ जेठ । तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन कारोवार बन्द गरेको हो ।

विभागले पहिलो चरणमा गत वैशाख २३ देखि २९ गतेसम्म इजाजत प्राप्त मेनपावरको सम्पूर्ण विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएकामा विवरण अध्यावधिक नगरिएकाले यही जेठ ३ गतेसम्म म्याद थप गरेको थियो ।

कारोवार बन्द भएसँगै ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै पनि कार्य गर्न पाउने छैनन् । विभागमा एक हजार ५२७ मेनपावर दर्ता भएकामा अहिले एक हजार २७२ मात्र सञ्चालनमा छन् । विभागले नियम विपरीत काम गर्ने २०७ मेनपावरको दर्ता खारेजी गरिसकेको छ । रासस

 

एसइईकाे नतिजा आज दिउँसो

भक्तपुर, १२ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी  माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा अन्तिम चरणमा पुगेको छ । २०७५ चैत १० गतेदेखि

राजनीति नगर्ने घोषणा गर्दै एकीकरण भए तीन सङ्गठन

भद्रपुर, ११ असार । कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत सङ्गठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठन नबनाउने उद्घोषका साथ

भारतको धौलिगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह

बैतडी, ११ असार । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको  छ । एनएचपिसी लिमिटेड,

अवैध सट्टेबाज चितवनबाट पक्राउ

  चितवन, ११ असार । विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर