फोक्सुण्डोमा युवा मृत फेला

खलङ्गा ७ जेठ । डोल्पाको शे–फोक्सुण्डो खोलामा जुम्लाका एक युवाको शव फेला परेको छ । शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा शव भेटिएको हो ।

जुम्ला पातारासी गाउँपालिका–६ का २२ वर्षीय गोपाल विष्टको शव भेटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए । खोला किनारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा उनको शव भेटिएको हो ।

खच्चडसँगै रहेका गोठालाले शव देखेपछि निकुञ्ज कार्यालयलाई खबर गरेका थिए । मृतक यार्सागुम्बा सङ्कलक भएको अनुमान गरिएको छ । प्रहरी निरीक्षक शुभराज बमको नेतृत्वमा नौ जनाको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ । रासस

 

नेटवर्किङ्ग व्यवसायी छुटाउन वरिष्ठ अधिवक्ताको दौडधुप

काठमाडौं । अवैध नेटवर्किङ्ग व्यवसायमा संलग्न भारतीय नागरिकलाई छुटाउन ठूलै कसरत भैरहेको बुझिएको छ । गत वैशाख २८ मा काठमाडौंबाट पक्राउ परेका एकदर्जन

गोकर्णेश्वरमा ५० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न

काठमाडौँ, ४ असार । भूकम्प गएको चार वर्षको अवधिमा गोकर्णेश्वर नगरपालिकामा हाल ५० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । सो क्षेत्रफलमा बनेको

अफिमसहित पाँच जना पक्राउ

राँझा, ४ असार । नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो ५०० ग्राम अफिमसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आज  बिहान ९ बजे पुरैनीस्थित

हयातका आन्दोलनरत मजदूर काममा फर्किए

काठमाडाँै, ४ असार । श्रम ऐन, २०७४ ले  तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हयात रिजेन्सी,