काँग्रेसको छाँयाँ सरकारमा गृह बडु, अर्थ मिनेन्द्र र शिक्षामा गगन मन्त्री (नामावली सहित)

कामाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले छाँयाँ सरकार गठन गरेको छ । सरकारका विभिन्न मन्त्रालयमा निगरानी गर्न भनी समन्वय समिति नाम दिईएको छाँयाँ सरकारमा विभिन्न केन्द्रीय नेतालाई जिम्मेवारी दिईएको छ । 

 सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ९५० (क) बमोजिम सो समन्वय समिति गठन गरेका हुन् । 
  

नवगठित छाँयाँ सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय समन्वय समितिका संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की एवं सदस्यमा सत्यनारायण खनाल र ज्ञानकुमारी छन्त्याल छन् । 

परराष्ट्र मन्त्रालय समन्वय समितिका संयोजकमा डा नारायण खड्का एवं सदस्यमा डा अमेरशकुमार सिंह र दिव्यमणि राजभण्डारी सदस्य रहेको दलको कार्यालयका निजी सचिव केशवराज जोशीले बताए । 

 त्यस्तै अर्थ मन्त्रालय समन्वय समितिका संयोजकमा डा  मीनेन्द्र रिजाल एवं सदस्यमा मीना पाण्डे र विनोदकुमार चौधरी छन् । गृह मन्त्रालय समन्वय समितिका संयोजकमा दिलेन्द्रप्रसाद बडू एवं सदस्यमा रमेशजङ्ग रायमाझी र महेन्द्रकुमारी लिम्बू छन् । 
    

शहरी विकास मन्त्रालय समन्वय समितिका संयोजकमा उमाकान्त चौधरी एवं सदस्यमा मीनाक्षी झा र रामबहादुर विष्ट रहेको बताईएको छ ।
युवा तथा खेलकूद मन्त्रालय समन्वय समितिका संयोजकमा किशोरसिंह राठौर एवं सदस्यमा रंगमती शाही र दुर्गाप्रसाद उपाध्याय छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समन्वय समितिका संयोजकमा मीनबहादुर विश्वकर्मा एवं सदस्यमा विन्दादेवी आले राना र कर्मा घले छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समन्वय समितिका संयोजकमा गगनकुमार थापा एवं सदस्यमा उमेश श्रेष्ठ र नमिताकुमारी चौधरी रहेको काँग्रेसले जनाएको छ । 
  

 खानेपानी मन्त्रालय समन्वय समितिका संयोजकमा सुजाता परियार एवं सदस्यमा मीना सुब्बा र नागेन्द्रकुमार राय छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समन्वय समितिका संयोजकमा पार्वता डिसी चौधरी एवं सदस्यमा सीताराम महतो र मोहन आचार्य छन् । 
  

 त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समन्वय समितिका संयोजकमा देवेन्द्रराज कँडेल एवं सदस्यमा प्रकाश स्नेही रसाइली र प्रमिला राई छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समन्वय समितिका संयोजकमा डा  डिला संग्रौला  एवं सदस्यमा प्रकाश पन्थ   छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समितिका संयोजकमा बहादुरसिंह लामा एव सदस्यमा सूर्यबहादुर केसी र विमला नेपाली    छन् ।
  

 भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय समन्वय समितिका संयोजकमा  लक्ष्मी परियार एवं सदस्यमा प्रमोदकुमार यादव र स्मृतिनारायण चौधरी छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समन्वय समितिका संयोजकमा अतहरकमाल मुसलमान एवं सदस्यमा तेजुलाल चौधरी र धनकुमारी खतिवडा रहेको संसदीय दलको कार्यालयले जनाएको छ । कृषि तथा पशुपक्षी मन्त्रालय समन्वय समितिका संयोजकमा पद्मनारायण चौधरी एवं सदस्यमा अनिता देवकोटा र सरवत आरा खानम हलुवाइनी छन् ।
    

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समन्वय समितिका संयोजकमा उमा रेग्मी एवं सदस्यमा लालकाजी गुरुङ्ग र हीरा गुरुङ्ग रहेको छ भने रक्षा मन्त्रालय समन्वय समितिका संयोजकमा भीमसेनदास प्रधान एवं सदस्यमा अभिषेकप्रताप शाह छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समन्वय समितिका संयोजकमा सञ्जयकुमार गौतम एवं सदस्यमा जीपछिरिङ लामा र देवप्रसाद तिमिल्सिना छन् । साथै वन तथा वातावरण मन्त्रालय समन्वय समितिका संयोजकमा राजेन्द्रकुमार केसी एवं सदस्यमा मुक्ताकुमारी यादव छन् । राससका अनुसार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय समन्वय समितिका संयोजकको जिम्मेवारी राधेश्याम अधिकारीलाई प्रदान गरिएको छ ।

काठमाडौँ काङ्ग्रेसका उपसभापतिमा माली

काठमाडौँ, ११ असार । नेपाली काङ्ग्रेस काठमाडौँका उपसभापतिमा विजय माली मनोनीत भएका छन् । काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँको अध्यक्षतामा आज

विप्लवले जारी गरेको विज्ञप्तिमा के छ ?

काठमाडौं, ११ असार । नेत्रविक्रम चन्द विप्लव समूहको कम्युनिस्ट पार्टीले मंगलबार घोषणा गरेको नेपाल बन्द सफल भएको दावी गर्दै विज्ञप्ति निकालेको छ

 प्रचण्ड सत्तामा आलोपालोकै पक्षमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल सत्तामा आलोपालोको सहमतिबाट टसमस नहुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र

‘गलबन्दी च्यातियो’ गीतको चर्चा संसद्मा

काठमाडौं, १० असार । प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक