हात्तीले गोसाइको टाउकोमा कुल्चिएर ज्यान लियो


 कञ्चनरुप । कञ्चनरुप नगरपालिकामा हात्तीको आक्रमण परी एक वृद्धको ज्यान गएको छ । हात्तीको समूहले गए राति बाली सुरक्षार्थ खेतमा बसेका वडा नं ६ जमुवाका ६० वर्षीय गोसाइ चौधरीको ज्यान लिएको स्थानीयवासी रामकुमार चौधरीले जानकारी दिए।

    चौधरी लौका खेतीको सुरक्षार्थ खेत गएका थिए । गोसाइका अनुसार जङ्गली हात्तीले लखेटेर उनको टाउको कुल्चिएपछि तत्कालै मृत्यु भएको हो । चुरे जङ्गलमा रहेका हात्ती कोशीटप्पु वन्यजन्तु आरक्ष फर्किएका स्थानीयवासीले बताएका छन् । शवपरीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ। रासस

साुमदायिक विद्यालय : शिक्षक अभाव, कार्यालय सहयोगीले पढाउँदै

  सल्यान, ५ भदौ । सल्यानको एक विद्यालयमा कार्यालय सहयोगीले पढाउँदै आउनुभएको छ । तलब नपाएका शिक्षकले विद्यालय छोडेपछि कार्यालय सहयोगी राधिका

तुइन विस्थापित : तुइनरहित तनहुँ 

तनहुँ, ५ भदौ । तनहुँ जिल्ला तुइनरहित भएको छ । जिल्लाका विभिन्न आठ ठाउँमा रहेका तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएपछि तनहुँ तुइनरहित भएको हो

घर भत्किदा वृद्धको मृत्यु

  पर्वत, ५ भदौ । कुश्मा नगरपालिका–२ खुर्कोट बूढीस्वाँरामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ । बुधबार राति आएको वर्षाका कारण पहिरोले घर

पर्यटक प्रवेश शुल्क बराबरी : बोलपत्रमा दुई नगरपालिकाको विवाद

  भक्तपुर, ५ भदौ । पर्यटकीय क्षेत्र नगरकोट आउने पर्यटकसँग भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले संयुक्तरूपमा