राजपा केन्द्रीय सदस्यद्वय थुनामा

सिरहा । पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल सोमबार पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका छन् । 

किर्ते गरी उपभोक्ता समिति गठन गरेको तथा सरकारी कागजात किर्ते गरेको मुद्दामा उनीहरु थुनामा परेका हुन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको एकल इजलाशले यादव र मण्डललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

 अग्निसाइर कृष्णासवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित सडक निर्माण योजनाका लागि किर्ते गरी उपभोक्ता समिति बनाएको र सरकारी कार्यालयको कागजात किर्ते गरेको अभियोगमा दुवै जनामाथि एक महीनाअघि सप्तरी प्रहरीले अनुसन्धान थालेको थियो ।

यसैगरी सोही प्रकरणमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत रु चार लाख धरौटीमा रिहा भएका छन् । पक्राउ परेका रुपनी गाउँपालिका–६ का रामानन्द ठाकुर र सोही ठाउँका दिलीप दाससँग अदालतले रु दुई लाख ५० हजार धरौटी माग गरेको छ ।रासस

 पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध

चितवन । माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म

मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुईको मृत्यु

भरतपुर । बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ । साँझ ६ बजे ना५३प ५२४७ नंको

एसइईकाे नतिजा आज दिउँसो

भक्तपुर, १२ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी  माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा अन्तिम चरणमा पुगेको छ । २०७५ चैत १० गतेदेखि

राजनीति नगर्ने घोषणा गर्दै एकीकरण भए तीन सङ्गठन

भद्रपुर, ११ असार । कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत सङ्गठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठन नबनाउने उद्घोषका साथ