सगरमाथाको चुचुरोमा पुगे पचहत्तर आरोही 

काठमाडौं । यस यामको जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ ।

    विभागका निर्देशक मीरा आचार्यले ७० देखि ७५ आरोहीले सगरमाथा चढेको विभिन्न एजेन्सीमार्फत जानकारी आएको र यसको पुष्टि भइनसकेको बताए। “सगरमाथा आरोहणका शुरुका दिनमा राम्रै प्रगति भएको थियो, बीचमा तीन दिनजति मौसम खराबीले आरोहण हुनसकेको थिएन, आज रातिदेखि आरोहण हुनसक्ने जानकारी आएको छ । 

यति जनाले सगरमाथा आरोहण गरे भनेर विभागले भन्ने अवस्था छैन तर, पनि हामीलाई एजेन्सीले जानकारी गराएअनुसार ७५ को हाराहारीमा आरोही सगरमाथा चुचुरोमा पुगिसकेका छन,”–उनले भनिन् । सगरमाथाको आधारशिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार धेरै आरोही सगरमाथाको क्याम–२ भन्दा माथि भएको र सबै आरोहीमाथि (सगरमाथाको चुचुरो) तिर लागेपछि यतिखेर आधार शिविर शून्यजस्तो भएको छ । 

कामिरिता २४औं आरोहणमा

    वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण गत वैशाख ३१ गतेदेखि शुरु भएको थियो । आरोहणको दोस्रो दिन यही जेठ १ गते कामिरिता शेर्पाले सगरमाथाको २३औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । उनी २४औँ पटकको सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लागेको पर्यटन विभागले जनाएको छ । 

    विगत तीन दिनदेखि प्रतिकूल मौसमका कारण आरोहण हुनसकेको छैन । अहिले उल्लेख्य सङ्ख्यामा आरोही अनुकूल मौसमको पर्खाइमा  छन् । सम्भवतः आज रातिबाट आरोहण हुने र भोलिसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने बताइएको छ ।

    मौसमले साथ नदिएका कारण धेरै आरोही चुचुरोमा जाने प्रतिक्षामा छन् भने आजदेखि मौसममा सुधार आएकाले एकै पटक चुचुरोतिर जानेको भीड लाग्ने सम्पर्क अधिकृत श्रेष्ठको भनाइ थियो । कञ्चनजङ्घा, मकालु ल्होत्से, अन्नपूर्णलगायत हिमालको पनि सफल आरोहण भएको छ । आरोहीको सङ्ख्याको एकिन जानकारी आइनसकेको विभागले जनाएको छ 

    सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका अनुसार यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएका विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
    
    सगरमाथा आरोहणका लागि मात्रै ४४ आरोही समूहका ३८१ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३७ विदेशी र सात नेपाली आरोही समूह छन् । सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् । यस याममा हिमाल आरोहणबाट करीब रु ५० करोड सलामी दस्तुर जम्मा भएको छ । राससका अनुसार, यसमा सबैभन्दा धेरै रु ४४ करोड ४२ लाख  ४३ हजार सगरमाथाबाट मात्र छ ।
 

दिल्ली उडान थप्दै निगम, सुधारात्मक कामहरु गरेको दाबी

काठमाडौं, १० असार । काठमाडौं–दिल्ली रुटमा यात्रुहरुको चाप उच्च रहेपनि उडान थप्ने कार्यमा उदासिन रहेको नेपाल वायुसेवा निगम (नेवानि) ने अन्ततः दैनिक १

पर्वतारोहण सङ्घको अत्याधुनिक भवन तयार

काठमाडौँ, ७ साउन । पर्वतारोहणसम्बन्धी व्यवसायीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङघ (एनएमए( को आफ्नै भवन तयार भएको छ । विगत तीन वर्षदेखि मासिक रु एक

 पाँचपोखरी–मेरा ट्रेक शुभारम्भ 

काठमाडौं । सोलुखुम्बुका तन्नेरीहरूले एक्सप्लोर गरेको दश दिने नयाँ पदमार्ग ‘पाँचपोखरी–मेरा ट्रेक’ शुभारम्भ गरिएको छ । महाकुलुङ पर्यटन सूचना

अन्तर्राष्ट्रिय विमानस्थल फेरि २१ घण्टा खुल्ने

काठमाडौं, ५ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पुनः दैनिक २१ घण्टा संचालन गर्ने तयारी भइरहेको छ । विमानस्थलको रनवेको पुनर्निर्माण कार्य