पेट फुल्ने समस्या हुनेलाई यस्तो छ उपाय

एजेन्सी । अन्नपानीको शरिर कहिलेकाहिं तलमाथी पर्नु स्वभाविक हो । कहिले काहिं हामीलाई कुनै कार्यक्रममा जान हतार भइ रहेको बेला पेट फुलेर असहज पार्ने गरेको छ ।

यसरी पेट फुल्दा मुड अफ हुने मात्र होइन, बस्न असजिलो हुने तथा उस्तै परे लुगा चिटिक्क परेर नबस्ने समस्या पनि हुन्छ । यस्तोमा कार्यक्रम छोडेर घरै बस्ने कुरा पनि आउँदैन ।

यस्तोमा औषधीको प्रयोग नगरि घरेलु सामग्रीको प्रयोगबाट यस समस्याको समाधान सम्भव हुन्छ । यदि तपाईसँग १ घण्टा अथवा बढि समय छ भने यहाँ उल्लिखित सामग्रीको प्रयोग गरि एउटा ड्रिंक बनाउनुहोस् । यसको प्रयोगले ग्याँसको समस्या हटाइ सहज महशुस गर्न सहयोगी हुनेछ ।

आवश्यक सामग्री

- आधा कप नरिवल पानी
- मसिनो पारेर काटिएको अदुवा
- आधा कप आइस
- सानो चम्चाको आधा बेसार
- एक चिम्टी अकबरे खुर्सानीको धुलो
- एक चिम्टी बिरेनुन
- केहि मात्रामा काटिएको भुँइकटहर

- सामान्यतया पेट फुल्नुको मुख्य कारण भनेको अपच अथवा पेटमा ग्याँस भरिएको कारण नै हुने हो । यस्तोमा थोरै मात्रामा अकबरे खुर्सानी प्रयोग गर्दा यसले पेटको ग्याँसलाई कम गर्न सहयोग गर्छ ।

- त्यस्तै पेटको लागि अर्को हितकारी तत्व भनेको बेसार हो । बेसारले पेटमा भएको विषाक्त तत्वलाई नष्ट पार्दछ ।

- पेटको लागि अपयोगी अर्को तत्व भनेको नरिवल पानी हो । यसले शरिरमा रहेको अतिरिक्त सोडियमलाई निकास दिने काम गर्छ ।

- त्यस्तै अदुवा पनि पेटको वायुलाई नष्ट गर्ने अर्को एक तत्व हो । यसको प्रयोगले पेटका अन्य विकारहरुको पनि निदान हुन्छ ।

- बिरेनुनले पनि वायु विकारको नष्ट गर्ने तथा आइस र भुइँकटहरले यस ड्रिंक्समा चिसोपन र स्वाद ल्याउने कार्य गर्दछ ।

बनाउने विधिः

माथी उल्लेखित सामग्रीहरुलाई सफागरी मिक्सरमा हाल्नुहोस् र त्यसको जुस बनाउनु होस् । यसलाई छानेर आवश्यक मात्रामा विस्तारै चुस्स चुस्स पिउँदै आफ्नो कामहरु गर्नुहोस् ।

यसको प्रयोगले तपाईंको वायु विस्तारै कम भइ शरिरमा सहज महसुस हुनेछ ।

 अनुहारको चमक बढाउने सजिलो प्राकृतिक उपाय

-  सानो चम्चाको दुई चम्चा बेसन,एक चम्चा कागतीको रस,एक चम्चा बदाम वा नरिवलको तेल र एक चम्चा नौनी घ्यू एकै ठाउँमा राखी लेप तयार गर्ने । यो लेप तयार भएपछि

सुरक्षित गर्भपतनको ज्ञान नहुँदा अकालमा मृत्यु

काठमाडौँ, ९ असार । कानूनीरुपमा गर्भपतन निःशुल्करुपमा गरिने व्यवस्था भए पनि ग्रामीण भेगका धेरै महिलालाई त्यसबारे जानकारी भएको देखिदैन । सुरक्षित

डोल्पा अस्पतालमा औषधि अभाव

जाजरकोट, ८ असार । दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ । टाइफाइड जाँच गर्नका लागि

जथाभावी औषधि नबेच्न सुझाव

ताप्लेजुङ, ७ असार  । निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले