भारतमा निर्वाचन सकियो, ६१.१३ प्रतिशत मतदान


नयाँदिल्ली । भारतमा आइतबार सम्पन्न सातौं चरणको निर्वाचनमा ६१.१३ प्रतिशतले मतदान गरेकोे आँकलन निर्वाचन आयोगले साँझ ६ः४५ मा आफ्नो वेबसाइटमार्फत जानकारी गराएको छ । आइतबार चन्डीगढ र सात राज्यका ५९ सीटका लागि मतदान भएका थिए ।

एक महिनाभन्दा बढी समय अवधि लगाएर सम्पन्न निर्वाचनमा करिब ९० करोड भारतीय मतदाता मतदानका लागि योग्य रहेका थिए । निर्वाचनका लागि दश लाख मतदान केन्द्र तोकिएको थियो ।  मत परिणाम मे २३ पछि सार्वजनिक गर्ने तालिका निर्वाचन आयोगको रहेको छ । 

यस चुनावमा मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको न्याश्नल डेमोक्र्या्टिक एलाइन्स (एनडिए) र राहुल गान्धीको दल भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसीभ एलाइन्स (युपीए)बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको विभिन्न सर्वेक्षणले देखाएका छन् । रासस

यसरी कुटिए ‘लाइभ शो’मै पत्रकार (भिडियोसहित)

पाकिस्तानको एक टिभी च्यानलका पत्रकार 'लाइभ शो'मै कुटिएका छन् । 'के २१ न्युजमा न्युज लाइन विथ आफताब मुगेरी शो' मा सत्तारूढ दल पाकिस्तान

घुस लिएको पैसा फिर्ता गर्न मुख्यमन्त्रीको निर्देशन

भारत, ११ असार । पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले आफू मातहतका मन्त्रीहरूलाई सर्वसाधारणहरूले सरकारी सुविधा उपभोग गर्नका लागि घुस

 विश्वकै धनाढ्यका २४ भूउपग्रह एकैसाथ अन्तरिक्षमा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ ।  विश्वकै धनाढ्य एलन मस्कको

रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता

कजाखस्तान, १० असार । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान