सीपीएलमा सन्दीप लामिछानेले पुरानै टिमबाट खेल्ने सम्भावना

काठमाडौं, ५ जेठ । स्टार लेग स्पीनर सन्दीप लामिछानेलाई सेन्ट  किट्स एण्ड नेभिस पेट्रियोट्सले ‘रिटेन’ गर्ने सम्भावना रहेको थाहा भएको छ । 

क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत अघिल्लो सिजन सेन्ट किट्सबाटै खेलेका सन्दीप यो सिजनमा सोही क्लबले करार अवधि बढाउने सम्भावनाका पछाडि यसको नेतृत्व रहेको बुझिएको छ । आगामी २२ मे मा आयोजना हुने ड्राफ्टमा ‘रिटेन’ हुने खेलाडीहरुको बारेमा बताइन्छ । 

पछिल्लो समय सेन्ट किट्समा नयाँ लगानीकर्ता आएसँगै नेतृत्व पनि परिवर्तन भएको छ । अघिल्लो नेतृत्वबाट यस वर्षको फेब्रअरी महिनामा हङकङको कम्पनी सिटी स्पोर्टस् ग्रुपले सम्हालेको छ । सिटी स्पोर्टस् ग्रुपले नै हङकङको काउलून क्यान्टोन्स क्लब सम्हालेको छ । सन्दीप र अष्ट्रेलियाको पूर्व क्रिकेटर माइकल क्लार्कले सन् २०१६ मा यहि क्लबबाट हङकङ टी–२० ब्लीट्ज खेलेका थिए । 

यहि क्लबले वास्तवमा सन्दीपको क्षमताको पहिचान गरेको थियो  । काउलूनले नै सन्दीपलाई हङकङमा खेल्न बोलाएपछि माइकल क्लार्कसँग भेट भएको र त्यहि यात्रा लम्बिदैं इन्डियन प्रिमियर लिग (आईपीएल) सम्म पुग्न सम्भव भएको थियो ।
 
सन्दीपलाई विश्व क्रिकेटमा चिनिनु अघि आफ्नो क्लबको लागि छान्ने क्लबनै सेन्ट किट्सको व्यवस्थापनमा भएकोले पनि सन्दीपले यस सिजनमा रिटेन हुने उच्च सम्भावना देखिएको छ ।
 
त्यस्तै सन्दीप पछिल्लो समय शानदार फर्ममा रहेको कारण पनि सन्दीप टोलीमै रहने सम्भावना देखिएको बताइन्छ । त्यो बाहेक सन्दीप जस्तो भरपर्दो खेलाडीलाई सस्तो मूल्य अर्थात् पाँच हजार डलरमा किनेको कारण पनि सेन्ट किट्सले उनलाई नछोड्नु मनासिव हुने देखिएको छ । अघिल्लो सिजन सीपीएलमा खेल्दा कप्तान क्रिश गेलले सन्दीपलाई दबावमा खेल्न सकिने परिपक्व खेलाडी भनेका थिए । 

यस वर्ष सीपीएलको ड्राफ्टमा सन्दीप सहित, युवा खेलाडीहरु दिपेन्द्र लामिछाने, रोहित पौडेल र सोमपाल कामी पनि छन् । 

युवा खेलाडीद्वय रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी पहिलो पटक कुनै पनी विदेशी फ्रान्चाइच टी–२० को ड्राफ्टमा परेका हुन् । सोमपाल भने यसअघि अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टमा परेका थिए ।


 

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

भीमदत्तनगर, ११ असार । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले

विश्वकपमा पाकिस्तानको यस्तो संयोग, उपाधि जित्ने दाबी

एजेन्सी । विश्वकप क्रिकेट २०१९ को सरगर्मी चलिरहेको छ । प्रतियोगितामा न्युजिल्याण्ड, भारत र अष्ट्रेलियाले बलियो प्रदर्शन गरिरहेका छन् । यी तीनै टोली

विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलिया

लन्डन, ११ असार । इंग्ल्यान्डमाथि ६४ रनको सहज जित हात पारेपछि अस्ट्रेलिया मंगलबार विश्वकप क्रिकेटको सेमिफाइनल पुगेको छ । सात खेलमा छैटौं जित हात

आन्द्रे रसेल घाइते, समस्यामा वेष्ट इन्डिज

एजेन्सी । वेष्ट इन्डिजका विस्फोटक ब्याटसम्यान आन्द्रे रसेल घाइते भएका छन् । घुँडाको चोटबाट ग्रसित उनी विश्वकप टोलीबाट बाहिरिएका छन् । रसेललाई