विदेशी टी–२० लिगको ड्राफ्टमा पर्ने पहिलो भारतीय बने इरफान

एजेन्सी । गत मंगलबार क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्टमा पर्ने खेलाडीहरुको सूची सार्वजनिक भएको थियो ।

उक्त सूचीमा वेष्ट इन्डिज बाहेक अन्य २० देशका खेलाडीहरु सहित कुल ५३६ जना ड्राफ्टमा परेको बताइएको छ । उक्त ड्राफ्टमा पहिलोपटक भारतबाट पनि खेलाडी सम्मिलित भएको छ ।

भारतका पूर्व क्रिकेटर इरफान पठान पनि उक्त सूचीमा रहेका छन् । यो सँगै पठान भारत बाहेक अन्य देशको टी–२० लिगको ड्राफ्ठमा पर्ने पहिलो अन्तर्राष्ट्रिय खेलाडी बनेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा यसरी टी–२० लिगको सुरुवात पाकिस्तानबाट भएको थियो । त्यसबेला आफ्नै देशका खेलाडीमात्र सम्मिलित हुने प्रचलन रहेको थियो ।

पाकिस्तानको पदचिन्ह पछ्याउँदै भारतमा निजी संस्था जी टिभीले इन्डियन क्रिकेट लिग (आईसीएल) को रुपमा पैसाको खोला बगाउँदै विदेशी खेलाडी लगायत भारतीय खेलाडीहरुलाई भारतमा टी–२० प्रतियोगिता खेलाउँदै फ्रान्चाइज लिगको अवधारणा शुरुवात गरेको थियो ।

बीसीसीआई र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उक्त लिगलाई मान्यता नदिएपनि थुप्रै भारतीय तथा अन्तर्राष्ट्रिय क्रिकेटरहरु त्यस प्रतियोगितामा खेलेका थिए । उक्त प्रतियोगिता व्यापक रुपमा लोकप्रिय हुँदै गएपछि बीसीसीआईले आफैंले पनि सोही स्वरुपको प्रतियोगिता सुरु गरेको इतिहास छ ।

यसरी फुटबलको शैलीमा अन्य देशका खेलाडीलाई खरिद बिक्री गर्दै क्रिकेट खेल्ने क्रमको शुरुवात भएपनि बीसीसीआईले भने आफ्ना अन्तर्राष्ट्रिय स्तरका खेलाडीलाई भने हालसम्म अन्य देशको लिग खेल्न एनओसी दिएको छैन । पठानको लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) नो अब्जेक्सन लेटर (एनओसी) दिएको छ छैन भन्ने कुरा बाहिरिएको छैन । 

पठानले सीपीएलको ड्राफ्ट पर्दै इतिहास कायम गरेका छन् । उनलाई कुनै टोलीले छनौट गरि खेलाएमा उनी विदेशी फ्रान्चाइज लिगमा खेल्ने पहिलो खेलाडी बन्नेछन् ।

पठानले भारतको लागि २९ टेष्ट, १२० एकदिवसिय अन्तर्राष्ट्रिय र २४ टी–२० खेल खेलेका छन् । पछिल्लो समय भने उनले इन्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरु पनि खेल्न पाएका छैनन् ।

 

यसरी चुनौती बेहोर्दैछ रिबेरी

मिलान, ५ भदाै । बायर्न म्युनिखका लिजेन्ड फ्रान्क रिबेरीले सिरी ‘ए’ क्लब फिओरेन्टिनासँग दुईवर्षे सम्झौता गर्दै बुधबार अन्तिमपल्ट चुनौती बेहोर्न

नयाँ शैली पस्कँदै युभेन्ट्स

मिलान, ५ भदाै । युभेन्ट्सले सिरी ए को नयाँ सिजन अबको सप्ताहन्त सुरु गर्दै छ, नयाँ प्रशिक्षक माउरिजियो सारीको नेतृत्वमा । लगातारको लिग च्याम्पियन

 यू–१५ साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

  काठमाडौँ, ४ भदौ । भारतमा जारी पाँचौँ संस्करणको यू–१५ (पन्ध्र वर्षमुनि) साफ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । पहिलो खेलमा

एशिया कप क्रिकेट : नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

काठमाडौँ, ४ भदौ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै