विधेयक फिर्ता लैजाउ  गोकुल 


सेतोपाटीमा गोकुल बाँस्कोटाको भिडिओ हेरें । श्रब्यदृश्यमा धेरै पछि देख्दा बुझें, उनको लवाई र खुवाईमा ब्यापक परिवर्तन भएछ । तर्क गर्दा  ‘मेटाफोर’  खोज्ने, तर नपाएपछि फ्याट्टै खरो बोलिहाल्ने उनको बानी भने उस्तै रहेछ । ‘नर्भस’ हुँदा दुई घुँडा ठोक्किने गरि तिघ्रा हल्लाउने बानीमा सुधारको अपेक्षा गर्न सकिन्छ । मुलुकको प्रतिनिधिका रुपमा उनी देश विदेश घुम्छन् । बिदेशीसँग उठबस गर्छन् । उनीहरुसँगको बैठकमा गोकुलले त्यसरी घुँडा ठोक्नुलाई बिदेशीहरुले असहज रुपमा लिनेछन् । 

तर सेतोपाटीसँगको अन्तर्वार्तामा गोकुलले बेस्सरी घुँडा ठोके । 

उनी ‘नर्भस’ थिए । उनलाई आफ्नो कुरा बलात् सावित गर्नु थियो । यस्तो बेला गोकुल पहिले पनि घुँडा ठोक्थे । तर गोकुलको बर्ग परिवर्तन भएछ । एउटै जातमा पनि धन र मानको आधारमा बर्ग परिवर्तन हुन्छ । एउटै पेशा पनि बर्गमा विभाजित हुन्छ । 

पचास देखि पचपन्न सालसम्म मैले चिनेको गोकुल पत्रकार थिए । बामपन्थी थिए, त्यसकालागि उनले नेकपा (एमाले) को आई. डी. कार्ड झुण्ड्याउनुपर्ने कुनै कारण थिएन ।  उनले गर्ने ‘रिपोर्टिंग’ स्वयंमा त्यसको साक्षी थियो । कांग्रेसीको शासन थियो त्यो बेला । हामी आधारातसम्म संसदको ढोका ढुकेर बस्थ्यौं । गोकुल पनि हुन्थे । माधव नेपालको जस्तो चुस्स परेको, तर अलि लामो जुँगा     (कालो पाईण्ट, सेतो सर्ट, काँधमा भिरेको एउटा कालो झोला, च्याखुरिएको गाला) मेरो मगजमा गोकुलको त्यो छवि अझै ताजा छ । 

उनी धेरै बोल्दैनथे । कुटील । 

मलाई के थाहा, उनी पत्रकारिताको छद्ममा पार्टी कार्यकर्ता रहेछन् ।  उनको फेरिएको काँचुली देखेर उनकै पार्टीका मान्छेहरु पनि हत्प्रभ होलान् । 

संचार मन्त्री गोकुल बाँस्कोटा, नौनी रंगको सरकारी सोफामा गजधम्म परेर बसेका उनी कुनै अभिजात बर्गमा जन्मिएका खाईलाग्दा बाघ भन्दा कम देखिएनन् । यी नव सम्भ्रान्त कामरेडको विचार बुझ्न पुगेका सेतोपाटीका मनोज सत्यालको ‘बडी ल्याङ्ग्वेज’ को भेलले मलाई मेरो आफ्नै पुरानो दिनतिर बगाईदियो ।  

अहिले अन्तर्वार्ताको क्रममा ‘गेष्ट’ र ‘होस्ट’ ले के गर्नु हुन्छ र हुँदैन भन्ने एकप्रकारको बहस उठेको बेला छ । म पंचायती खोरबाट निस्केर ‘अब पत्रकारिता गर्ने हो’ भन्दै हिँडेको बेला अहिले जस्तो सबैको घरमा टेलिभिजन थिएन । डिल्लीबजारको मामाघरमा एउटा चौध ईन्चको कालो सेतो पर्दायुक्त टीभी थियो । कार्यक्रम हेर्नमा भन्दा एण्टीना घुमाउन बढी समय लाग्थ्यो । बिजयकुमार दाई ‘अँध्यारो उज्यालो’ नामको एउटा कार्यक्रम चलाउँथे । 

एकचोटी मदनकृष्ण र हरिवंशलाई बोलाएका थिए । मदन दाईलाई बिजयदाईले कुन्नि त्यस्तो घोचक के सोधे, जो म अहिले सम्झिन्न, तर मदन दाईको जवाफ थियो, ‘तपाईंलाई त मान्छेले टीभीमा आउने बिरालो भन्छन नि !’  बिजय दाई  हिँहिँहिँ गरेर हाँसे । कुरा टुङ्गियो ।    

अहिले यति सजिलै कुरा टुङ्गिदैन । उपेन्द्र यादव,जो मुलिकको भविष्य निर्धारण गर्छु भनेर हिँडेका हुन्, एउटा अदना प्रश्नकर्ताको उत्तर दिनको साटो स्टुडियो बाहिर हुत्तिए । हैट । प्रश्नकर्ताले सहि गरे अथवा गलत ? यतातिर एकछिन बीट मारौं । अन्तर्वार्ताकारले मुलुकको दिशा परिवर्तन गर्न सक्दैन । नेताले सक्छ । यहाँ को गलत छ कामरेड समाजवादी उपेन्द्रजी ?  

मैले यो प्रश्नको जवाफ पाउने आशा गरेको छैन । अहिलेका नेताहरु जनतालाई जवाफ दिन जरुरी ठान्दैनन् । 

मनोज सत्याल, एउटा खिरिलो, झुस्स दाह्री परेको ज्यान । उ संचारमन्त्रीका सामु लज्जावती झार जस्तै बिनम्र देखियो । शायद मनोजलाई यो समयमा चलेको विवादको चापले थिचेको थियो । यु ट्युबमा मनोजको ‘बडी ल्यान्वेज’ किञ्चित लघुताले ग्रस्त थियो । 

त्रिचालिस चौवालिस सालतिर म पनि त्यस्तै थिएँ । फरक यति हो, मनोजका सम्पादक दह्रो छैनन् । मेरा थिए । किशोर दाईले मेरो त्यो लघुताभाषको पर्दा च्यातिदिए । मनोज मात्र होईन, उनका सम्पादकले पनि केही सिक्न बाँकी छ । 

सरकारले प्रेस र उद्योग धन्धाबीचको फरक खुट्याउन जरुरी छ । यो त्यहि प्रेस हो, जसले पंचायत ढाल्यो, अनि फेरि यहि प्रेस हो जसले कमल थापालाई हरेक मन्त्रीका रुपमा उचाल्यो । प्रेसको पनि कुनै नैतिकता हुनु पर्ने होईन र ?

गोकुल बाँस्कोटाले मनोजसँग भनेको एउटा कुरा मन पर्यो । उनले भने,‘पत्रकार आफैंले आफ्नो नियामक निकाय बनाउन् । बेलायतमा जस्तो । हामी यो विधेयक फिर्ता लिन तयार छौं ।’

क्या बात् गोकुल । विधेयक फिर्ता लैजाउ ।  (पत्रकार राजेश मिश्रले उनकै सम्पादनमा प्रकाशन भैरहेको psjtv.com मा पोष्ट गरेको सामयिक टिप्पणी)  

यस्तो छ गुठीको गाँठी कुरा

   गुठी संस्थान ऐन, २०३३ को प्रस्तावनामा लेखिएको छ “राजगुठीलाई नेपाल सरकारको अधीनबाट झिकी एक संस्थानको जिम्मा सुम्पी राजगुठीहरूलाई सुव्यवस्थित

योजनाबद्ध शोषणको युग 

शीतल निवास नामक भव्य दरबार हुँदाहुँदै करीब १० करोड रूपैयाँ खर्चेर राष्ट्रपति निवास भवनको निर्माण । राष्ट्रपतिका लागि विलासी उपकरण सहितको बुलेटप्रूफ

प्रधानमन्त्री ओलीको युरोप पर्यटन

प्रधानमन्त्री केपीशर्मा ओली नियमित विदेश भ्रमणमा रुचिराख्ने नेपाली नेतामध्ये सबैभन्दा शीर्ष स्थानमा पर्दछन । हालै उनले भियतनाम र क्याम्बोडियाको

पहिला पत्रकारका नाक भाँचौं अनि समृध्दि

  यसमा कुनै शंका रहेन, देश समृध्दिको बाटोमा अघि बढिरहेको छ । राष्ट्रिय गौरवका योजना परियोजना धमाधम निर्माणधीन छन् । रेल नआउने कुनै सम्भावना छैन,