वरियतामा मातृका यादव १२ औँ मन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा अपूर्तिमन्त्री मात्रिका यादव वर्तमान सरकारको मन्त्रीपरिषद् सदस्यको वरियतामा १२ औँ नम्बरमा छन् ।

जवकि उनी भन्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वरियतामा प्रधानमन्त्री केपी शर्मा ओली, रामबहादुर थापा बादल र ईश्वर पोखरेल मात्र छन् ।


हालको २५ सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री, १९ जना मन्त्री र तीनजना राज्यमन्त्रीहरु छन् ।


पहिलो पटक २०६३ चैत १८ गते मन्त्री पद सम्हालेका यादवले वर्तमान सरकारमा २०७४ फागुन १४ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी बहन गरेका हुन् ।


उनी पार्टीमा पनि सिनियर, मन्त्रीमा पार्टीको बराबरी हैसियतमा रहेका प्रदीप ज्ञवालीभन्दा मात्र पछाडि भएका हुन । उनीभन्दा पहिला ज्ञवाली २०६३ साल जेठ २ गते मन्त्री भएका थिए । 


समग्र राष्ट्रिय राजनीतिमात्र होइन धनुषामा पनि उनलाई यसले ह्युमिलेशन गरेको हुनुपर्छ । धनुषाका रघुवीर महासैठभन्दा पनि उनलाई तल्लो वरियतामा राखिएको छ । 
  

वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुको क्रमाङ्कको पहिलो नम्बरमा केपी शर्मा ओली छन् भने दोस्रो नम्बरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र तेस्रो नम्बरमा तत्कालीन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् । उनी अलग्गै पार्टीका भएकाले उनको वरियताको नेकपामा खासै अर्थ राख्दैन । उनी तत्कालीन माओवादीमा रहदा केन्द्रीय सदस्य समेत भएका थिएनन् । शान्ति प्रक्रियामा आएपछि मधेसको मनोविज्ञानबाट ह्वात्तै मधेस उर्लेर उनी रातारात नयाँ पार्टी बनाएर निर्वाचनबाट राष्ट्रिय पार्टीको रुपमा स्थापित भए ।  


चौथोमा रामबहादुर थापा बादल गृह, पाँचौमा प्रदीपकुमार ज्ञवाली परराष्ट्र, गिरिराजमणी पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री छन् । उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री बर्षमान पुन सातौ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ आठौं, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णं विष्ट नवौँ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल दशौँ नम्बरमा छन् ।


त्यसैगरी एघारौँमा लालबाबु पण्डित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, बाहैँमा मात्रिका यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री छन् ।


त्यसैगरी मन्त्रिपरिषद्का सदस्यहरुको क्रमाङ्कको तेहैँ नम्बरमा चक्रपाणी खनाल कृषि तथा पशुपन्छी विकास, चौधौँ नम्बरमा थम माया थापा महिला बालबालिका तथा ज्येष्ठ नागरिक, पन्ध्रौँ नम्बरमा शक्तिबहादुर बस्नेत वन तथा वातावरण, सोहैँ नम्बरमा डा. युवराज खतिवडा अर्थ, सत्रौँ नम्बरमा मोहम्मद इश्तियाक राई शहरी विकास, अठारौँ नम्बरमा रविन्द्रप्रसाद अधिकारी संसकृति, पर्यटन तथा नागरिक उड्डयन, अठारौँमा रविन्द्र अधिकारी (हाल खालि), १९औँ मा जगतबहादुर सुनार युवा तथा खेलकुद २०औँ मा गोकुलप्रसाद बास्कोटा, सञ्चार तथा सूचना प्रविधि, २१ औँमा बीना मगर, खानेपानी र २२ औँमा पद्माकुमारी अर्याल, भूमि व्यवस्था सहकारी तथा गरीवी निवारणमन्त्री रहेका छन् ।

झिल्को डट कमका अनुसार, तीन राज्यमन्त्रीहरुमा धनबाहादुर बुढा, रामकुमारी चौधरी र डा सुरेन्द्रकुमार यादव रहेका छन् ।

कांग्रेसमा तल्ला संरचना बनाउन दबाब

काठमाडौं, १२ असार । कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसांसदले राज्य संरचनाअनुरूप पार्टीको तल्ला तहका कमिटी नबनेसम्म दोस्रो चरणको जागरण अभियान

बनेपामा युवतीमाथि सिरिञ्ज प्रहार

काठमाडाैं, १२ असार । काभ्रेकाे बनेपाको ब्यस्त बजारमा हिडिरहेकी ३४ बर्षीया युवतीलाई हातमा सिरिन्ज हानेर अर्की युवती फरार भएकी छिन् । मंगलबार राति सवा

ओली–प्रचण्डको मनमुटाव हुनुको यि हुन् ५ कारण

काठमाडाैं, १२ असार । शीर्ष नेतादेखि सांसदसम्मकै अन्तर्विरोधी अभिव्यक्तिहरुले संकेत गरिरहेका छन्– नेकपामा मनमुटाव चरम बन्दै गएको छ । एकातिर अपुरो

६ जना मन्त्री फेर्ने ओली–प्रचण्डको सहमति

काठमाडाैं, १२ असार । सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल