विवाह भोजमा गएकाहरु क्रिकेटमा मस्त भएपछि...

एजेन्सी । भारतमा क्रिकेट खेलको लागि हुरुक्कै गर्नेको संख्या प्रशस्तै रहेको छ । बालबालिका मात्र नभएर वयस्क र बृद्ध बृद्धाको पनि क्रिकेट प्रतिको रुची उस्तै रहेको छ ।

अझ विशेषगरी भारतीय क्रिकेटको क्रेज भारतमा अद्भुद नै रहेको छ । भारतीय टोलीले खेलेको खेल वा भारतीय लिगको खेलहरु बाटोमा, अफिसमा वा रेष्टुरेन्ट लगायत जतासुकै हेर्नेहरुको ताँती लाग्ने गरेको छ ।

यस्तै क्रममा गत आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल खेल भएको थियो । त्यस दिनको घटनाले भारतमा क्रिकेट क्रेजको स्तर आफैं बयान गरिरहेको छ ।

पछिल्लो समय सामाजिक संजालमा एउटा भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा विवाह भोजमा ठाँटिएर गएका सहभागीहरु विवाहको कार्यक्रम भन्दापनि स्क्रीनमा देखिएको आईपीएल खेलमा ध्यान दिइरहेका देखिन्छन् ।

मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्स विरुद्धको उक्त खेलको क्रममा विवाहको समारोह भएपनि सहभागीहरु उक्त तनावपूर्ण खेलमा ध्यान दिइरहेको देखिन्छ ।

अन्तिम ओभरमा लासिथ मालिंगाको कारण मुम्बई इन्डियन्सले जितेपछि ति सहभागिहरु खुशी कराउने, नाच्ने र उफ्रने गरेको देखिन्छ ।

भाइरल भएको उक्त भिडियो कसको बिहेको भन्ने नखुलेपनी ति सहभागीहरु मुम्बईको समर्थक रहेको बुझिन्छ । सुरुवातमा ट्वीटरमा भिडियो शेयर गर्ने व्यक्तिले उक्त भिडियो आफुले ह्वाट्एप मार्फत् पाएको बताएका छन् ।

 

एभिसी भलिबल : तुर्कमेनिस्तानद्वारा अफगानिस्तान पराजित

  काठमाडौँ, २ भदौ ।  तुर्कमेनिस्तानले अफगानिस्तानलाई पराजित गरी एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा

फ्रेन्च लिग : पिएसजी पराजित, खड्कियो नेयमारको अभाव

काठमाडौँ, २ भदौ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । प्रतियोगिताको दोस्रो खेलमा साविक च्याम्पियन पिएसजी रेनेससँग स्तब्ध

नेपाली युवा टोली भारत प्रस्थान

काठमाडौँ, २ भदौ । भारतको पश्चिम बंगालमा हुन लागको साफ यू १५ च्याम्पियनसीप खेल्न नेपाली युवा टोली भारत प्रस्थान गरेको छ ।  बुधबारबाट सुरु हुने

‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ’

दमौली, २ भदौ । “जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”, तनहुँको व्यास नगरपालिकाका युवामाझ