ब्राजिलका पूर्व राष्ट्रपति टेमर रिहा

रियो डे जेनेरियो, २ जेठ । भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधबार जेलमुक्त भएका छन् ।

टेमरलाई भ्रष्टाचारको आरोपमा साओ पाउलो राज्यको सैनिक प्रहरीको मुख्यालयमा राखिएको थियो । तर पूर्व राष्ट्रपति टेमरलाई अन्यत्र भाग्न वा न्यायमा अबरोध गर्न नपाउने गरी छाडिएको छ ।

गत मङ्गलबार ब्राजिलको सर्वोच्च अदालतले टेमरलाई रिहा गर्न आदेश दिएको थियो । अदालतले टेमर विरुद्ध चलिरहेको मुद्दामा कुनै ठोस प्रमाण नभेटिएको जनाएको छ ।

अदालतको आदेशमा टेमरले आफ्नो पासपोर्ट सरकारी अधिकारीलाई बुझाउनु पर्ने तथा आफ्नो निवासलाई अन्यत्र सार्न नपाउने भनिएको छ । रासस/सिन्ह्वा

 

चीन उत्तर कोरिया सम्बन्ध नयाँ युगमा– चिनियाँ राष्ट्रपति सि

बेइजिङ, ४ असार । चिनियाँ राष्ट्रपति एवम् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको

 पानीको चरम अभावले रेल्वे स्टेशनदेखि रेष्टुराँसम्म बन्द

भारत । पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको दक्षिणी सहर चेन्नाईमा पानीको चरम अभाव उत्पन्न भएको छ । अभाव बढ्दै

आगामी राष्ट्रपतिय चुनावमा भाग लिने ट्रम्पको औपचारिक घोषणा

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप चार वर्षको कार्यकालका निम्ति आफ्नो चुनाव प्रचार अभियानको औपचारिक रूपमा थालनी गरेका छन् । सन् २०२०

इजिप्टका प्रथम निर्वाचित पूर्वराष्ट्रपति मोर्सीको निधन

कायरो, ३ असार । इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको छ । कायरोस्थित अदालतमा बयान दिएर