ब्राजिलका पूर्व राष्ट्रपति टेमर रिहा

रियो डे जेनेरियो, २ जेठ । भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधबार जेलमुक्त भएका छन् ।

टेमरलाई भ्रष्टाचारको आरोपमा साओ पाउलो राज्यको सैनिक प्रहरीको मुख्यालयमा राखिएको थियो । तर पूर्व राष्ट्रपति टेमरलाई अन्यत्र भाग्न वा न्यायमा अबरोध गर्न नपाउने गरी छाडिएको छ ।

गत मङ्गलबार ब्राजिलको सर्वोच्च अदालतले टेमरलाई रिहा गर्न आदेश दिएको थियो । अदालतले टेमर विरुद्ध चलिरहेको मुद्दामा कुनै ठोस प्रमाण नभेटिएको जनाएको छ ।

अदालतको आदेशमा टेमरले आफ्नो पासपोर्ट सरकारी अधिकारीलाई बुझाउनु पर्ने तथा आफ्नो निवासलाई अन्यत्र सार्न नपाउने भनिएको छ । रासस/सिन्ह्वा

 

लोकसभा निर्वाचनमा शुन्य हात लागेका लालु राँची अस्पतालमा

  नयाँदिल्ली । कुनै समय राजनीतिका सफल खेलाडि मानिएका बिहारका पुर्व मुख्यमन्त्री लालु यादव यसपटक आफ्नो राज्यमा एकसिट पनि जित्न नसकेपछि राँचीको एक

मोदी  र इमरानले फोनमा कुराकानी गरे

नयाँदिल्ली । भारत र पाकिस्तानका शीर्ष नेताबीच फोनवार्ता भएको दुई देशका विदेश मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । गत फेब्रअरीमा

 आतङ्कवादीका बैंक खातामा एक अर्ब भेटियो

कोलम्बो । श्रीलंकामा पाँच जना शंकास्पद आतङ्ककारीका बैंक खातामा एक अर्ब भारतीय रुपैयाँ भेटिएको एकजना वरिष्ट प्रहरी अधिकारीले बताएका छन् । उनीहरु

 मोदी संसदीय दलको नेतामा सर्वसम्मत  

नयाँ दिल्ली । भारतीय जनता पाटी (भाजपा) तथा भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्सको संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री