भारतीय फुटबलले पायो ‘हाइप्रोफाइल’ प्रशिक्षक

एजेन्सी । पछिल्लो समय फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारतले ‘हाइप्रोफाइल’ प्रशिक्षक नियुक्त गरेको छ ।

क्रोयशियाका पूर्व फुटबलर तथा प्रशिक्षक इगोर इस्टिमाचलाई भारतीय राष्ट्रिय टोलीको प्रशिक्षकमा छनौट गरेको बताइएको छ । यसअघि भारतीय फुटबल टोलीलाई स्टेफेन कोन्सकान्टाइनले प्रशिक्षण दिने गरेका थिए ।

गत जनवरी महिनाको एएफसी कप पछि स्टेफेनले प्रशिक्षकबाट राजिनाम दिएयता भारतीय फुटबल टोली प्रशिक्षक बिहिन बनेको थियो ।

लामो प्रक्रिया पश्चात अन्ततः इस्टिमाचलाई प्रशिक्षक नियुक्त गरेको भारतको लागि उनी हालसम्मकै ठुला प्रशिक्षक रहेको थाहा भएको छ ।

क्रोयशियालाई सन् १९९८ को विश्वकप फुटबल प्रयितोगितामा तेश्रो बनाउन इस्टिमाचले खेलाडीको रुपमा ठुलो योगदान दिएका थिए । तेस्तै प्रशिक्षकको हैसियतमा उनले क्रोयशियालाई सन् २०१४ को विश्वकपमा छनौट गराउन सफल भएका थिए । इंग्लिस लिगहरु खेलेको अनुभवको साथै युवा विश्वकप जित्दाको पनि अनुभव रहेको थाहा भएको छ ।

भारतीय फुटबल संघ (एआईएफए) का  अध्यक्ष प्रफुल्ल पटेलले इस्टिमाच भारतीय टोलीको लागि उत्कृष्ट विकल्प भएको बताएका छन् ।

उनले भारतीय फुटबललाई निकै अघि पु¥याउन सक्ने विश्वास राखेरै उनको नियुक्त गरिएको बताइन्छ । भारतले आगामी जुन ५ देखि थाइल्याण्डमा आयोजना हुने किंग्स कप प्रतियोगितामा सहभागी जनाउने तालिका रहेको छ । नयाँ प्रशिक्षक इस्टिमाचको यो प्रतियोगिताबाट भारतीय फुटबलसँगको यात्रा अघि बढ्ने बताइएको छ ।

 

एभिसी भलिबल : तुर्कमेनिस्तानद्वारा अफगानिस्तान पराजित

  काठमाडौँ, २ भदौ ।  तुर्कमेनिस्तानले अफगानिस्तानलाई पराजित गरी एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा

फ्रेन्च लिग : पिएसजी पराजित, खड्कियो नेयमारको अभाव

काठमाडौँ, २ भदौ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । प्रतियोगिताको दोस्रो खेलमा साविक च्याम्पियन पिएसजी रेनेससँग स्तब्ध

नेपाली युवा टोली भारत प्रस्थान

काठमाडौँ, २ भदौ । भारतको पश्चिम बंगालमा हुन लागको साफ यू १५ च्याम्पियनसीप खेल्न नेपाली युवा टोली भारत प्रस्थान गरेको छ ।  बुधबारबाट सुरु हुने

‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ’

दमौली, २ भदौ । “जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”, तनहुँको व्यास नगरपालिकाका युवामाझ