उत्तरी अफगानिस्तानमा कारबाही

काबुल, २ जेठ । अफगानिस्तानको उत्तर प्रान्त बाल्खमा गरिएको गोप्य सुरक्षा कारबाहीमा तालिबान समूहका कमान्डर सहित छ जना लडाकूकको मृत्यु भएको छ ।

अफगान गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा सरकारी फौजले गरेको प्रतिआतङ्कवाद कारबाहीमा तालिबान लडाकूहरुको ज्यान गएको उल्लेख छ । मन्त्रालयले दुबै पक्षबीच भिषण गोली हानाहान भएको पनि जनाएको छ ।

बाल्खमा सक्रिय तालिबान कमान्डर मुल्लाह शेडर मारिएको मन्त्रालयले दाबी गरेको छ । कारबाहीमा मोहम्मद सरवार नामका लडाकू पनि पक्राउ परेका छन् । सुरक्षाफौजले केही गाउँलाई तालिबानको कब्जाबाट मुक्त गरेको छ । बाल्खमा मुल्लाहको नेतृत्वमा तालिबान समूह निरन्तर बम बिस्फोटका घटनामा संलग्न रहेको प्रहरीको भनाई छ ।

अफगानिस्तानमा तुलनात्मक रुपमा केही शान्त मानिएको बाल्खमा पछिल्ला केही वर्षमा तालिबानले आक्रामक कारबाही थालेको थियो । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन । रासस/सिन्ह्वा

 

जापान र कोरियाको आकाशमा रुस र चीनको हवाई गस्ती, बमवर्षक विमान देखेपछि आक्रमण

रुसले चीनसँग मिलेर पहिलो पटक एसिया प्रशान्त क्षेत्रमा हालसम्मकै लामो दूरीको हवाई गस्ती गरेको बताएको छ । त्यसको प्रतिक्रियामा दक्षिण कोरिया र

 चीनका पूर्व प्रधानमन्त्री ली फङको निधन

बेइजिङ । चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) स्थायी समितिका पूर्व प्रमुख तथा पूर्व प्रधानमन्त्री ली फङ को निधन भएको छ । उनी ९१  बर्षको थिए

पत्रकार जोनसन बेलायतका नयाँ प्रधानमन्त्री 

लण्डन । कन्जर्भेटिभ पार्टीका नेता बोरिस जोनसनले पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा मङ्गलबार विजय प्राप्त गरेका छन् । नेता जोनसनको जन्म सन्

उत्तर कोरियाले बनायो पनडुब्बी

प्योङयाङ, ७ साउन । उत्तर कोरियाली नेता किम जोङ अनले हालै निर्माण गरिएको पनडुब्बीको निरीक्षण गरेका छन् । उत्तर कोरियाली समाचार संस्था (केसिएनए) का