लाइसेन्सको नेपालीकरण बन्द हुँदा सेवाग्राही मर्कामा

काठमाडौँ, २ जेठ । सरकारले ‘स्मार्ट’ चालक अनुमतिपत्रमा नेपालीकरण गर्ने कार्य रोक्दा सेवाग्राही मर्कामा परेका छन् । यो सेवा बन्द भएको जानकारी नहुँदा दैनिक सेवाग्राही कार्यालय आएर दुःख पाउने गरेका छन् ।

 सरकारले गत भदौमा यो सेवा बन्द गरे पनि दैनिकजसो सेवाग्राही आइरहेको एकान्तकुनास्थित प्रदेश नं ३ यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयले जनाएको छ । सरकारले यही कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण शुरु गरेसँगै अन्य देशको ‘स्मार्ट’ चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दै आएको थियो ।
 
कार्यालयले अहिले कूटनीतिक नियोगका कर्मचारीको मात्रै चालक अनुमतिपत्र नेपालीकरण गरिरहेको कार्यालका प्रमुख डम्बरबहादुर चन्दले बताए । नेपालीकरणका लागि आउने सेवाग्राहीमा अध्ययन वा रोजगारीका लागि विदेश बसेर फर्किएका नेपाली धेरै रहेको उनले बताए । उनका अनुसार कतिपय सेवाग्राही नेपालीकरण छैन भनेपछि फर्किए पनि कतिपय विवाद गर्ने गरेका छन् । अहिले पनि दैनिक दुईदेखि चारसम्म सेवाग्राही नेपालीकरण गर्ने भन्दै आइरहेका छन् । उनले भने, “कतिपय छैन भन्दा बुझ्नुहुन्छ, कतिपयले भने हामीले गर्न नचाहेको भन्ने सोच्छन् ।”

नेपालीकरण खुलाउनका लागि प्रदेश नं ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि चासो देखाएको छैन । गत वर्ष असोजमा यातायात व्यवस्था कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । रासस

 

असारको कामले सडकको अवस्था नाजुक

भक्तपुर। २ भदौ । वर्षा शुरुभएसँगै भक्तपुरको सूर्य्विनायक नगरपालिका बालकोट–सिरुटार र बालकोट–चाँगाथली जाने सडकको अवस्था नाजुक बनेको छ । असार

शिक्षा र कृषि निर्देशनालयमा छड्के

  रुपन्देही, २ भदौ । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज रुपन्देहीस्थित शिक्षा र कृषि विकास निर्देशनालयमा छड्के

गाडीको ठक्करबाट युवकको मृत्यु

  रुपन्देही, २ भदौ । बुटवलको ढबाहामा सोमबार भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी गुरुङधाराका २२ वर्षीय सुवास पछाईको

कोशी कहरको एघार वर्ष, पीडित काठको पर्खाइमा

इनरुवा, २ भदौ । नेपालको सबैभन्दा ठूलो नदीका रुपमा रहेको सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको आज ११ वर्ष पूरा भएको छ ।  विनाशकारी बाढी आएको र