सीपीएलको ड्राफ्टमा चार नेपाली खेलाडी

काठमाडौं, २ जेठ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्टमा चार नेपाली खेलाडी परेका छन् । स्टार लेग स्पीनर सन्दीप लामिछाने सहित, युवा खेलाडीहरु दिपेन्द्र लामिछाने, रोहित पौडेल र सोमपाल कामी यस सिजनको ड्राफ्टमा परेका हुन् ।

यसअघि सन्दीप लामिछाने पहिलोपटक ड्राफ्टमा पर्दा सेन्ट किट्स नेभिस एण्ड पेट्रियोट्सले उनलाई खरिद गरेको थियो । यस सिजनको ड्राफ्टमा चार नेपाली खेलाडी सहित कुल ५ सय ३६ खेलाडी ड्राफ्टमा परेका छन् ।

वेष्ट इन्डिज बाहेक अन्य २० देशका खेलाडीहरु सूचीमा परेका छन् । सीपीएल ड्राफ्टमा नेपालबाहेक अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, बर्मुडा, क्यानडा, इंग्ल्याण्ड, हङकङ, भारत, आयरल्याण्ड, केन्या, न्युजिल्याण्ड, ओमान, पाकिस्तान, स्कटल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, युएई, अमेरिका, जिम्बाबे र वेस्ट इन्डिजका खेलाडी रहेका छन्।

युवा खेलाडीद्वय रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी पहिलो पटक कुनै पनी विदेशी फ्रान्चाइच टी–२० को ड्राफ्टमा परेका हुन् । सोमपाल भने यसअघि अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टमा परेका थिए ।

आगामी २२ मे मा आयोजना हुने ड्राफ्टमा रिटेन हुने खेलाडीहरुको बारेमा बताइन्छ । सन्दीपलाई आफ्नो टोलीले रिटेन गर्ने नगर्ने त्यहि दिन थाहा हुनेछ ।

यस सिजनमा धेरै खेलाडी ड्राफ्टमा पर्नुको मुल कारण नियमहरुमा रहेको परिवर्तन रहेको बुझिएको छ । यसअघि कम्तिमा कुल ६ खेलाडी रिटेन गर्नुपर्नेमा यसपटक त्यस्तो नियम परिवर्तन भएको छ । कम्तिमा तीन वेष्ट इन्डीजका खेलाडी रिटेन गर्नुपर्ने नियम यथास्थितीमा रहेको छ भने कम्तिमा एक विदेशी खेलाडी रिटेन गर्नुपर्ने अथवा कुल चार वेष्ट इन्डियन खेलाडी रिटेन गरेको खण्डमा कुनैपनी विदेशी खेलाडी रिटेन नगर्दा पनि हुने भएको छ ।

यसले गर्दा टोलीले सबै नयाँ विदेशी खेलाडी खरिद गर्न सक्नेछन् ।

त्यस्तै मार्की खेलाडी र अमेरिकी क्षेत्रको खेलाडी पनि रिटेन गर्नुपर्ने बाध्यता हटेको छ । दुबैमा नयाँ खेलाडी ल्याउन पाइने नियम लागु भएको छ । यसले गर्दा नयाँ खेलाडीले मौका पाउने बताइएको छ ।  

 

आठौँ राष्ट्रिय खेलकूदका विजयी खेलाडी सम्मानित

काठमाडौँ, ९ जेठ । सशस्त्र प्रहरी बल (एपीएफ) ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक विजेता आफ्ना क्लबका खेलाडीलाई आज सम्मान

सावित्राको शानदार प्रदर्शन, सेथु बन्यो लिग च्याम्पियन

काठमाडौं, ८ जेठ । स्टार महिला फुटबलर सावित्रा भण्डारी साम्बाको २ गोल सँगै सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगको उपाधि जितेको छ । आज भएको फाइनलमा खेलमा

सीपीएलको ड्राफ्ट आज, नेपाली क्रिकेटरको सम्भावना कति ?

काठमाडौं, ८ जेठ । चार नेपाली खेलाडी पनि ड्राफ्ट सूचीमा परेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्ट आज लन्डनमा हुँदैछ । नेपाली समयअनुसार साँझ ७ः४५

हृदयघात भइ फुटबल मैदानमै ढलेका रेफ्रीको मृत्यु

एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको ए डिभिजन फुटबल खेलको क्रममा रेफ्रीको मृत्यु भएको छ । आइतबार भएको खेलमा ३१ वर्षिय रेफ्री भिक्टर ह्युगो