झापामा लिची फेस्टिभल हुँदै


भद्रपुर, २ जेठ । झापाको विर्तामोड नगरपालिका–३ कछुवाबारीमा जयनारायण ढुङ्गानाले व्यावसायिकरूपमा लिची खेती गरेका छन्। उनले १५ बिघा जमीनमा लगाएको लिची यतिबेला पाकेर बगानै रातै देखिन्छ । लिचीको स्वाद छानी–छानी उपभोक्तले लिउन् भन्ने उद्देश्य राखेर ढुङ्गानाले यही जेठ ४ गतेदेखि पाँच दिने ‘लिची फेस्टिभल’ गर्न लागेका छन् ।
 
श्रीजय ड्रिमल्याण्ड पार्कमा जेठ ४ गतेदेखि ५ दिनसम्म लिची महोत्सवको आयोजना गरिने कनकाई एजुकेशन फाउण्डेशनका संस्थापकसमेत रहेका ढुङ्गानाले बताए । लिची महोत्सवको अवधिमा बगानमा प्रवेश गर्न रु १०० तिर्नुपर्ने उनले बताए । रु १०० तिर्दा बगानभित्र गएर छानीछानी पाकेको लिची खान पाइने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
 
अमेरिकाको बोस्टनलगायतका स्थानमा घुम्न जाँदा त्यहाँ ‘एप्पल फेस्टिभल’मा सहभागी भएको अनुभवका आधारमा आफूले यस्तो प्रयास गत वर्षदेखि शुरु गरेको उनले बताए । उनका अनुसार बगानमा यतिबेला बम्बे, जफ्फरपुर, कलकत्तिया, मेकिलन आदि जातका लिची छन् । बगानमा बच्चादेखि बुढासम्मले सजिलै आफैँ टिपेर खानसक्ने बोट रहेका छन् ।

लिची खनिज तत्वले भरिपूर्ण एक अत्यन्त स्वादिष्ट फल भएको हुँदा ताजा र पाकेको लिची स्थानीय क्षेत्रमा मनोरञ्जन लिँदै झापालीहरुले नै खान सकुन् भन्ने लक्ष्यका साथ महोत्सव आयोजना गरेको ढुङ्गानाको भनाइ छ ।

विर्तामोडको मुक्तिचोकदेखि दुई किलोमिटरको दूरीमा रहेको बगानसम्म पुग्न अनारमनी बजार र विर्तामोडकै धर्मकाँटाबाट निःशुल्क दुई बसको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । उनले लिची फल्न शुरु गरेसँगै घरमा खरीदका लागि व्यापारी आउने गरे पनि नदिएको बताउँदै भने, “जैविक उत्पादन गरेको छु, व्यापारीलाई भन्दा स्थानीयलाई नै खुवाउने मेरो योजना हो ।” उनले गत वर्षदेखि शुरु गरेको महोत्सवलाई निरन्तरता दिने बताए । रासस

 

 वर्ल्डलिंकको नयाँ अफर ‘अब हरेक टिभीमा युट्युब’

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्ना ग्राहकको सुविधाको लागि ‘अब हरेक टिभीमा

 अशोक लेलैण्ड र आइसिएफसि फाइनान्स लिमिटेड बीच सम्झौता 

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र आइसिएफसि फाइनान्स लिमिटेडबीच सम्झौता ज्ञापन पत्रमा

नेप्से उकालो यात्रामा

           काठमाडौँ, ७ साउन । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका

पाल्पामा व्यावसायिक साइलेज उत्पादन शुरु

बेझाड, ७ साउन । पाल्पाको रामपुर नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने प्रविधिमा आधारित उद्योग सञ्चालन गरिएको छ । साइलेज भन्नाले पोषणतत्व