पर्यटक प्रहरीमा विदेशी पर्यटकका ५ सय ४६ उजुरी

काठमाडौं।  नेपाल भ्रमणमा आएका विभिन्न मुलुकका पर्यटकले नेपाल प्रहरीअन्तर्गतको पर्यटक प्रहरीमा एक वर्षमा ५ सय ४६ उजुरी दर्ता गरेका छन् ।  काठमाडौं उपत्यकाका १० विभिन्न स्थानमा पर्यटक प्रहरीको कार्यालय खुलेका छन् । उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी सन २०१८ को सुरुवातदेखि २०१९ को हालसम्म ५ सय ४६ उजुरी दर्ता भएको हो ।  उपत्यकाबाहिर समेत १२ जिल्लामा पर्यटक प्रहरी कार्यालय सञ्चालनमा छ । देशैभर गरी २५ स्थानमा पर्यटक प्रहरीको कार्यालय रहेको छ ।

पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार पर्यटकका अधिकांश पासपोर्टसहितका विभिन्न कागजपत्र र मोबाइल हराएको उजुरी छ ।

यस्तै, होटलबाटै सामान चोरी भएका, ट्याक्सीमा सामान छुटेका, सँगै घुम्न हिँडेका गाइडबाटै धोका पाएका उजुरी पर्यटक प्रहरीमा दर्ता भएका छन् ।
राजधानीमा पर्यटन प्रहरीले नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई कसरी सुरक्षा दिन सकिन्छ भन्ने सन्दर्भमा समेत बुधबार सरोकारवाला निकायलाई डाकेर छलफल गरेको थियो ।

कार्यक्रममा पर्यटनसँग सरोकार राख्ने विभिन्न निकायका प्रतिनिधि र पर्यटक प्रहरीबीच भ्रमण वर्ष र पर्यटकका सुरक्षाका विषयमा दोहोरो छलफलसमेत भएको थियो । सो सन्दर्भमा सबै पक्षको सहकार्यबाट नै पर्यटकलाई सुरक्षित भएको महसुस गराउन सकिने भन्दै सबैले हातेमाला गरेरै अघि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

कार्यक्रममा काठमाडौं प्रहरी परिसरका प्रहरी प्रमुख उत्तमराज सुवेदीले भ्रमण वर्षलाई लक्षित गरेर प्रहरीले विशेष योजना ल्याउने बताए ।
यस्तै पर्यटन विभागका महानिर्देशक डल्लुराज घिमिरेले विभागमा कर्मचारी थोरै हुँदा पर्यटकका सबै पक्षमा काम गर्न असहज भएको भन्दै विभागलाई थप कर्मचारी आवश्यक भएको र सरकारले भ्रमण वर्षअगावै थप कर्मचारीको व्यवस्थापन गर्नुपर्ने जनाए । (राजधानी दैनिकबाट)

राष्ट्रिय गौरवका आयोजनाको लगाम प्रधानमन्त्रीका हातमा

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन सीधै आफूले गर्ने भएका छन् ।

अब नेपालमा अवैध मोबाइल नचल्ने

काठमाडौं, ४ असार । ६ महिनापछि अवैध रूपमा नेपाल भित्रिएका मोबाइल फोन नचल्ने भएको छन्। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन अवैध आयातलाई नियन्त्रण

गुठी विधेयक फिर्ता, आन्दोलनकारीमा अझै आशंका

काठमाडौं, ४ असार । राजधानीमा आज बुधबार गुठी विस्थापन गर्ने विधेयकका विरुद्ध लाखौंको जनप्रदर्शन हुने सम्पूर्ण तयारी पूरा भएपछि सरकारले विवादास्पद सो

अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ,परिक्षण सफल

काठमाडौं, ४ असार । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ। नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी)का प्राविधिकले