अदालतलाई नटर्ने यी हुन् मालपोत हाकिम 


काठमाडौं । उच्च अदालत पाटनले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख विश्व मरासिनीलाई रु पाँच हजार जरिवाना गर्ने आदेश जारी गरेको छ ।

 उच्च अदालतका न्यायाधीशद्वय मुहम्मद साविर हुसैन र टेकनारायण कुँवरको इजलासले आज अदालतको आदेशको पाँच पटकसम्म अवज्ञा गरेको हुँदा सो जरिवाना गरेको र सो जरिवाना अदालतमा आफै उपस्थित भएर सात दिनभित्र बुझाउन भनेको छ । 
    
मुद्दासम्बन्धी फाइल पटक÷पटक पत्रचार गर्दासमेत उपलब्ध नगराएपछि अदालतको आदेश अटेर गरेर अवहेलना गरेको ठहर गर्दै जरिवाना गर्ने आदेश आदेशमा उल्लेख छ । आदेशमा पाँच वटा फाइल पटक÷पटक माग गर्दासमेत मालपोत कार्यालयले बेवास्ता गरेको हुँदा न्याय प्रशासन ऐनअनुसार मालपोत कार्यालयका प्रमुख मरासिनीलाई जरिवाना गर्ने निर्णय उच्च अदालतले गरेको हो । 

राससका अनुसार, अदालतले विसं २०७५ को जेठ ६, असार ८, साउन १९, माघ ३, चैत ३ गरी पाँच पटक अदालतको आदेश कार्यान्वयनका लागि पत्र लेखेको तर आदेश कार्यान्वयनामा ध्यान नदिए पनि कारवाही गर्ने निर्णय गरेको आदेशमा उल्लेख छ । 

असारको कामले सडकको अवस्था नाजुक

भक्तपुर। २ भदौ । वर्षा शुरुभएसँगै भक्तपुरको सूर्य्विनायक नगरपालिका बालकोट–सिरुटार र बालकोट–चाँगाथली जाने सडकको अवस्था नाजुक बनेको छ । असार

शिक्षा र कृषि निर्देशनालयमा छड्के

  रुपन्देही, २ भदौ । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज रुपन्देहीस्थित शिक्षा र कृषि विकास निर्देशनालयमा छड्के

गाडीको ठक्करबाट युवकको मृत्यु

  रुपन्देही, २ भदौ । बुटवलको ढबाहामा सोमबार भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी गुरुङधाराका २२ वर्षीय सुवास पछाईको

कोशी कहरको एघार वर्ष, पीडित काठको पर्खाइमा

इनरुवा, २ भदौ । नेपालको सबैभन्दा ठूलो नदीका रुपमा रहेको सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको आज ११ वर्ष पूरा भएको छ ।  विनाशकारी बाढी आएको र