नियमित जङ्कफुड खाँदा बालबालिकाको ज्यानै जानसक्ने

काठमाडौं । आफ्ना नानीहरुको दवावमा परेर उनीहरुलाई जङ्कफुड ख्वाईरहनु भएको छ भने आजै देखि सावधान रहनुहोस्,नियमित जङ्कफुड खानाले नानीहरुको मृत्यु समेत हुनसक्छ । स्वास्थ्य विज्ञहरुले नानीहरुलाई नियमित जङ्कफुड खान नदिन अभिभावकहरुलाई चेतावनी दिएका   छन् । 

धेरैजसो अभिभावक अस्वस्थकर (जङ्कफुड) खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब असर गर्छ भन्ने जान्दाजान्दै  बालबालिकालाई जङ्कफुड खुवाइरहेको पाईन्छ । 

सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ जङ्कफुड खुवाइरहेको एक अध्ययनले देखाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हेलन केलर इन्टरनेशनले सार्वजनिक गरेको एक अध्ययनअनुसार उपत्यकाका १२ देखि २३ महीनाका ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइएको थियो । 

सो अध्ययन १८ बालबालिकामा गरिएको हेलन इन्टरनेशनलमा कार्यरत डा अतुल उपाध्यायले जानकारी दिएका छन् । ती बालबालिकाका पोषणको अवस्था जानकारी लिन पाखुराको नाप, उचाइ, तौल तथा रगत परीक्षण गरिएको थियो । “सर्वेक्षणबाट ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइयो । उमेर अनुसार गुणस्तरीय, पर्याप्त मात्रा विविध प्रकार र सुरक्षित पौष्टिक आहार खान पाएका बालबालिकाको सङ्ख्या न्यून रहेको देखिन्छ”, उनले भने ।

प्रोटिन, कार्बाेहाइड्रेड, क्यालोरी, मिनरल्स थोरै पाइने खानालाई जङ्कफुड भनिन्छ । पछिल्लो नेपाल जनसाङ्ख्यिक सर्वेक्षण २०१६ का अनुसार करीब ४६ प्रतिशत गर्भवती महिला तथा ५३ प्रतिशत पाँच वर्षमुनिका बालबालिका रक्तअल्पताबाट प्रभावित रहेका छन् ।

 यसैगरी शिशु तथा बाल्यकालीन पोषणको सिफारिस गरेअनुसार पौष्टिक खाना खान नपाएका बालबालिकाको सङ्ख्या ४७ प्रतिशत मात्र रहेको  छ । यसैबीच स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले पोषणमा सरकारको लगानी बढाउन आवश्यक रहेकोमा जोड दिएको छ । महाशाखाका प्रमुख चिकित्सक आरपी विच्छाले आमाको दूध प्रतिस्थापना गर्ने वस्तुको बिक्री वितरणलाई  निषेध गर्नेसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनको खाँचो औँल्याए । 

 मन्त्रालयले सन् १९९२ मा सो ऐन जारी गरेको थियो । उनले भने, “पोषणस्थितिमा सुधार ल्याउन आमाले शिशु जन्मेको ६ महीनासम्म निरन्तर दूध खुवाउनुपर्छ ।” प्रोटिन, कार्बाेहाइड्रेड, क्यालोरी, मिनरल्स तथा सुक्ष्म पोषकतत्वको कमीलाई न्यून पोषण तथा असन्तुलित खानपान, निष्क्रिय जीवनशैलीका कारण अधिक तौल हुनुलाई अधिक पोषण  भनिन्छ ।

 नेपालमा न्यून पोषण र अधिक पोषण दुवै खालका समस्या रहेको कार्यक्रममा जानकारी दिइयो । न्यून पोषणले बालबालिकामा पुड्कोपन, ख्याउटे तथा कम तौल भएका समस्या तथा अधिक पोषणले मधुमेह, रक्तचाप जस्ता समस्या देखा पर्दछन् । 

  महाशाखाका पोषण शाखाका प्रमुख केदार पराजुलीले बालबालिकामा पोषणको अवस्थालाई सुधार ल्याउन आगामी दिनमा सरकारले थप लगानी बढाउन आवश्यक रहेकोमा जोड दिए । 

पाँच वर्ष अगाडि बालबालिकालाई पोषणयुक्त खाना ख्वाएमा पुड्कोपनबाट मुक्त गर्न सकिन्छ । गर्भधारणदेखि दुई वर्षसम्मको उमेर बीचमा बालबालिकामा पुड्कोपनको बीजारोपण हुन्छ । अर्काेतर्फ नवजात शिशुमध्ये करीब ५५ प्रतिशतले मात्र जन्मेको एक घण्टाभित्र आमाको दूध र ६६ प्रतिशतले ६ महीनासम्म आमाको दूध खुवाएको पाइएको थियो ।
 

  होशियार ! कतै तपाईंका नानीहरु मानसिक रोगी शिक्षकले पो पढाईरहेका छन् कि

करिब ३० वर्ष अगाडि म अध्ययन सकेर भर्खर नेपाल फर्केको थिएँ । मेरो एकजना आफन्तसँग भेट भयो । उहाँले स्नेहपूर्वक भन्नुभयो, ‘बाबु’ तिमी डाक्टरी पढेर त

सेतो कपाललाई कालो बनाउने घरेलु उपाय

एजेन्सी । मानव शरिरमा छाला र कपाल संवेदनशील हुन्छ । कपाल सेतो हुने समस्या उमेर ढल्केका मानिसलाई मात्र नभइ युवामा पनि देखिने गरेको छ । कपाललाई कालो

उखुको जुस पिउनुस् निरोगी जीवन जिउनुस्

 उखुको जुसमा प्रचुर मात्रामा कार्बाेहाइड्रेट, प्रोटिन, आइरन, पोटासियम, क्यालोरी,सोडियम,क्याल्सियम जस्ता पोषण तत्व पाइन्छन् ।  त्यसो भए गर्मि

गलत सनस्क्रीन क्रिमको प्रयोग खतरनाक 

एजेन्सी । चर्को घामबाट छालालाई जोगाउनको लागि सनस्क्रीन क्रिमको प्रयोग गरिन्छ । विशेषगरी महिलाहरुले यस क्रिमको प्रयोग गर्ने गरेका छन् भने पुरुषहरु