ट्वीटरमा आईपीएलको यस्तो कीर्तिमान

एजेन्सी । भर्खरै सम्पन्न भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलहरुमा खचाखच दर्शकले स्टेडियम भरिएको थियो ।

मिडियाका विभिन्न माध्यमहरुमा पनि यहि प्रतियोगिताको चर्चा निरन्तर चलिरहेको अवस्था थियो । भारतमा क्रिकेटको अत्याधिक क्रेजको कारण आईपीएल चलिरहँदा अन्य गतिबिधी नै कम हुने गरेको बताइन्छ ।

आईपीएलको महिमा यतिमै सिमित रहेन । पैसाको खोला नै बग्ने यस प्रतियोगिताका समर्थकहरुले ट्वीटरमा पनि त्यस्तै तहल्का मच्चाए ।

आईपीएलको यस १२ औं संस्करण प्रतियोगिताको बारेमा २ करोड ७० लाख वटा ट्वीट गरिएको थाहा भएको छ । कुल ६० खेल खेलिएको यस प्रतियोगिताको ट्वीटरमा चर्चा अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशत बढि भएको तथ्यांक सार्वजनिक भएको छ ।

प्रतियोगितामा यसरी चर्चा बटुल्ने क्रममा महेन्द्र सिंह धोनीको बढि योगदान रहेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उनको नाम मेन्सन गर्दै सबैभन्दा बढि ट्वीट गरिएको छ ।

त्यस्तै व्यक्तिगत प्रदर्शन राम्रो भएपनि खराब कप्तानीमा नाम कमाएका विराट कोहली भने यस सूचीमा दोश्रो स्थानमा छन् । त्यस्तै उपाधी बिजेता मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा भने तेश्रो नम्बरमा छन् ।

यस प्रतियोगिताको बारेमा सबैभन्दा बढि ट्वीट भने फाइनल खेल नै भएको बताइन्छ । उक्त खेलमा मुम्बईले चेन्नई सुपर किंग्सलाई १ रनले हराइ रोमाञ्चक बनाएको कारण पनि यसको चर्चा बढि भएको बुझिएको छ ।

आईपीएलमा यस्तै चर्चित भने हार्दिक पाण्ड्याको एउटा ट्वीट बनेको छ । उक्त ट्वीटमा मुम्बईबाट खेलेका हार्दिकले धोनीसँगको फोटो राख्दै ‘मेरो प्रेरणा, मेरो दाजु, मेरो साथी, मेरो आदर्श’ क्याप्सनमा लेखेका थिए ।  उक्त फोटो १६ हजार समर्थकले रि–ट्वीट गरेका थिए भने एक लाख ४० हजारले उक्त पोष्टलाई लाइक गरेका थिए ।

भारतको ट्रेन्डीङमा पटक पटक कब्जा गरेको यस प्रतियोगिताको ट्वीटरमा अझैसम्म चलिरहेको चर्चा देख्दा इंग्ल्याण्ड हुन गइरहेको विश्वकप प्रतियोगिता अघिसम्म यो शान्त नहुने विश्लेषण गरिएको छ ।

 

चीनले २९ हजार फुटबल मैदान बनाउने

बेइजिङ ।  चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ ।  चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ट अधिकारी

कतारसँग नेपाल पराजित

काठमाडौँ, ७ साउन । आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनौटअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ । सिङ्गापुरको इण्डियन

सन् २००९ को ‘काण्ड’मा रोनाल्डोलाई सफाई

एजेन्सी । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो विरुद्धको यौन हिंसाको मुद्दा क्लार्क काउन्उटी डिस्ट्रीक न्याय कार्यालयले खारेज गरेको छ । सोमबार उक्त

भारत विरुद्ध खेल्न नराइन र पोलार्ड वेष्ट इन्डीजको टोलीमा

एजेन्सी । टी–२० विशेषज्ञ खेलाडीको परिचय बनाएका वेष्ट इन्डीजका स्टार खेलाडीद्वय सुनिल नराइन र काइरोन पोलार्डले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्